Advertisement

जनयुद्धको ऐतिहासिक महत्व र वर्तमान सन्दर्भ – प्रकाश नेपाली

Advertisement

हरेक देशको परिवर्तनको आधार एउटा आन्दोलन र एउटा कुशल नेतृत्व हो, जसले देशलाई नयाँ दिशामा अघि बढाउँछ। नेपालको इतिहासदेखि वर्तमानसम्मका हरेक कालखण्डमा कुनै व्यक्ति, कुनै नीति, कुनै विचार, कुनै पार्टी वा कुनै सिद्धान्तले देशलाई परिवर्तनको जग निर्माण गरेको छ। ती परिवर्तनका संवाहकहरूलाई सम्मान गर्नु हरेक नेपाली नागरिकको कर्तव्य हो।

इतिहासका पानाहरू पल्टाउँदै गर्दा, अंग्रेजविरुद्धको लडाइँ, राणाविरुद्धको लडाइँ र पञ्चायती शासनविरुद्धको संघर्षमा नेतृत्वदायी भूमिका खेल्ने वीर नेपालीप्रति हामीले उच्च सम्मान व्यक्त गर्नुपर्छ। आज हामी २१औं शताब्दीमा उभिएका छौं, जहाँ आम नागरिकका हक, अधिकार र हित सुनिश्चित भएका छन्।

आजको नेपालको यो परिकल्पना र उपलब्धिहरूको जग जनयुद्धले निर्माण गरेको हो। जनयुद्धका नेतृत्वकर्ता प्रचण्ड, बाबुराम र वैद्यजस्ता अग्रजहरूले गणतन्त्रको स्वामित्व स्थापित गर्न ऐतिहासिक भूमिका खेलेका छन्। जनयुद्धले दिएको अधिकार इतिहासका पानाबाट मेटिन सक्दैन।

यो संघर्ष गरिब, दलित, उत्पीडित र पिछडिएका वर्गहरूको लागि अत्यन्त महत्त्वपूर्ण रह्यो। सामान्तवादी राज्यसत्तामा रमाउने र जनताको अधिकारलाई थिच्न खोज्ने शक्तिहरूका लागि जनयुद्ध टाउको दुखाइ बनेको छ। तर गरिब, उत्पीडित र दलित वर्गको लागि यो आन्दोलन महान थियो, महान छ र महान रहिरहनेछ।

आज पनि दलाल र विदेशी पुँजीवादी शक्तिहरूलाई जनताले प्राप्त गरेका अधिकार पचाउन गाह्रो भइरहेको छ। किनकि उनीहरूको सोच र नियत सधैं स्वार्थ केन्द्रित रहेको छ। तिनीहरूले आफूभन्दा बलियो अरूलाई स्वीकार्न चाहँदैनन्।

त्यसैले, फागुन १ गते मनाइने जनयुद्ध दिवस सम्पूर्ण गरिब, पिछडिएका, दलित, महिला र उत्पीडित वर्गहरूको पर्व हो। यसलाई उत्साहका साथ मनाऔं र जनयुद्ध तथा माओवादीले देशका लागि खेलेको भूमिकालाई सम्मान गरौं।

प्रकाश नेपाली
(प्रदेश सह-सचिव, नेकपा माओवादी केन्द्र)

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज