Advertisement

साइबर अपराध कसुरमा रश्मिला धामी पुन: पक्राउ

Advertisement

काठमाडौं । साइबर अपराध कसुरमा रश्मिला धामी पुन: पक्राउ परेकी छन् । यसअघि आपराधिक लाभ (एक्सटर्सन) र विद्युतीय अपराध (साइबर क्राइम) मा पक्राउ परेर रिहा भएकी धामीलाई प्रहरीले पुन विद्युतीय अपराध कसुरमा पक्राउ गरेको जनाएको छ ।

काठमाडौँस्थित माइतीघर मण्डलाबाटै सिंहदरबार वृत्त अनामनगरको टोलीले धामीलाई पक्राउ गरेको सिंहदरबार वृत्तका प्रहरी नायव उपरीक्षक गङ्गा पौडेलले कामना टुडे लाई जानकारी दिए । एक युवतिको जाहेरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी नियन्त्रणमा रहेकी धामीको ४ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि पनि फेसबुक लाइभमा बसेर व्यक्तिको नाम किटान गर्दे सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने गरेको आरोपमा धामी पक्राउ परेकी थिइन् । नेपाल प्रहरीको साइबर ब्युरोले धामीलाई काठमाडौँको टोखाबाट पक्राउ गरेको थियो । त्यसअघि साइबर अपराधकै मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएकी धामीले सजाय भुक्तान नगर्दै फेरि सोही प्रकृतिको अपराध गरेको पाइएपछि अदालतबाट पक्राउ गरि अनुसन्धानका लागि हिरासतमा लिइएको प्रहरीले जनाएको थियो ।

जिल्ला अदालत काठमाडौँले धामीलाई साइबर अपराधमा दोषी ठहर गर्दै ७ दिन कैद,३० हजार जरिवाना र पीडितलाई डेढ लाख क्षतिपूर्ति भराउने फैसला गरेको थियो । सो फैसलाको पूर्ण पाठ नआउँदै धामीले सामाजिक सञ्जालमार्फत पुनः आपत्तिजनक ढंगले चरित्रहत्या गरेको भिडियो तथा अन्य प्रमाणसहित जाहेरी परेको थियो । त्यसपछि पक्राउ गरेर छुटेकी धामी पुन पक्राउ गरेकी हुन् ।

एमाले नेता ऐन महरले आफूमाथि बलात्कार गरेको धामीको आरोप छ । महर पक्षले भने धामीले बलात्कार जस्तो जघन्य अपराधको आरोप लगाउँदै आफूहरूसँग रकम मोलमोलाइ गरेको बताउँदै आइरहेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज