Advertisement

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल सुदूरपश्चिम प्रदेश समिति बिस्तारित बैठक सम्पन्न

Advertisement

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल सुदूरपश्चिम प्रदेश समितिको बिस्तारित बैठक आज मिति २०८१ पुष २० गते धनगढीमा सम्पन्न भएको छ। बैठकको अध्यक्षता प्रदेश अध्यक्ष तप्त भण्डारीले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी उपस्थित हुनुहुन्थ्यो। उहाँले आफ्नो मन्तव्यमा स्वास्थ्यकर्मीहरू समाजको महत्त्वपूर्ण आधारस्तम्भ रहेको उल्लेख गर्दै स्वास्थ्यकर्मीहरूको हक, अधिकार र सुरक्षाका लागि प्रदेश सरकारसँग निरन्तर संवाद गर्न महासंघले अग्रणी भूमिका खेल्नुपर्ने बताउनुभयो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेकपा एमाले जिल्ला अध्यक्ष यज्ञ ढुंगाना, प्रदेश समिति सदस्य शान्ति भट्ट जोशी, डा. निरज अर्याल, महासंघ केन्द्रीय समिति सदस्य भरत खाती, ईश्वरी भुसाल, महेश भाट, र मिनबहादुर बिक रहेका थिय ।

राष्ट्रिय फार्मेशि  संगठनका सुदूरपश्चिम अध्यक्ष माहा ओम राज जोशीले फार्मेसी पेशा स्वास्थ्य क्षेत्रको अभिन्न अङ्ग भएको र यस क्षेत्रसँग सम्बन्धित विषयमा आफूसहित संगठनले सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउँदै आएको स्पष्ट पार्नुभयो। उहाँले फार्मेसी र समग्र स्वास्थ्य क्षेत्र सुधारका लागि संगठित र सामूहिक प्रयास आवश्यक रहेको औंल्याउनुभयो।

बैठकले महत्त्वपूर्ण निर्णय गर्दै माघ महिनाभित्र सुदूरपश्चिमका नौवटा जिल्लाका स्थानीय तह र जिल्ला अधिवेशन सम्पन्न गर्ने तथा फागुन महिनाभित्र प्रदेश अधिवेशन सम्पन्न गर्ने योजना तय गरेको छ।

बैठकमा नौ जिल्लाबाट प्रतिनिधि तथा अध्यक्षहरूले आ-आफ्नो जिल्लाको रिपोर्टिङ गरेका थिए। रिपोर्टिङमा संगठनका वर्तमान अवस्था, चुनौती र समाधानका उपायबारे छलफल भएको थियो।

कार्यक्रम सञ्चालन प्रदेश सचिव रेशम लामिछानेले गर्नुभएको थियो। अतिथिहरूले महासंघले स्वास्थ्य क्षेत्रको सुधार र स्वास्थ्यकर्मीहरूको हकहित सुनिश्चित गर्न गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा थप सक्रियता देखाउनुपर्नेमा जोड दिए।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज