Advertisement

बझाङमा ठेकेदारको मृत्यु पछि पुल अलपत्र, स्थानीयलाई सास्ती हुँंदा आफै काठेपुलमा जुटे

Advertisement

बझाङ: सेती नदीको झोलुंगे पुल २ कात्तिक २०७८ मा बगाएदेखि बझाङको केदारस्यूँ गाउँपालिकाको देउरा बजार क्षेत्रका बासिन्दा समस्यामा परेका छन् ।

बझाङ, बैतडी र डोटीको सीमामा पर्ने यहाँ तीन वर्षमा तीन वटा काठे पुल बनाइए, तर झोलुंगे पुल बन्न सकेन । काठे पुल पनि बर्खामा बाढीले बगाएपछि केदारस्यूँ गाउँपालिकाको देउरा बजार र थलारा गाउँपालिका वडा नं १ र २ का बासिन्दा बढी प्रभावित भएका छन् । थलारा-१ बाट देउरा बजार पुग्न पुल हुँदा १० मिनेट मात्र लाग्थ्यो । तर पुल नहुँदा दुई घण्टा लाग्छ ।

थलारा–१ का पर्शुराम जोशीको पसल देउरा बजारमा छ । ‘१ घण्टा हिँडेर अटो चढ्ने ठाउँमा पुगिन्छ । ५० रुपैयाँ जान ५० रुपैयाँ फर्किन गरी १०० रुपैयाँ दैनिक भाडा तिर्नुपर्छ’, उनले भने ।

स्थानीय बासिन्दालाई दैनिक उपभोग्य सामान किन्न र दूध, तरकारी जस्ता उत्पादन बेच्न देउरा बजार जानुपर्छ । ‘बजारबाट नुन तेल ल्याउन पनि समस्या छ । यताबाट दूध तरकारी बजारमा लैजान गाह्रो भएको छ’, स्थानीय नरदेवी बोहराले भनिन् । पहिले झोलुंगे पुल रहेको ठाउँ नजिकै उनको पसल छ । ‘पसलका लागि चाहिने सामान देउरा बजारबाट ल्याउने हो । पुल नभएपछि किनमेलका लागि मान्छे पनि आउँदैनन् । सुनसान भएको छ’, नरदेवीले भनिन् ।

थलाराका बासिन्दालाई बिरामी हुँदा अस्पताल जान पनि समस्या भएको स्थानीय देवराज जोशीले बताए ।

कतिपय बालबालिका पढ्नका लागि देउरा बजार पुग्नुपर्छ । साना बालबालिका लामो बाटो हिँड्न कठिन र डरलाग्दो छ ।

केदारस्यूँ र थलारा गाउँपालिकाले बर्सेनि सेती नदीमाथि काठेपुल बनाउने गरेका छन् । तर हिउँदमा बनाएको काठेपुल वर्षायामको बाढीले बगाउँछ । थलारा गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर रोकाय भन्छन्, ‘वर्षेनी ३ लाख रुपैयाँ काठेपुलमा खर्च गरेका छौँ ।’

संघीय सरकारको सहयोगमा झोलुंगे पुल निर्माण सुरु भएको छ, पूरा भएको छैन ।

सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीको घर पनि देउरा बजारमा पर्छ । पुल छिटो बनाउन सभामुख भण्डारीले पहल गर्नुपर्ने माग स्थानीयको छ ।

‘सभामुख भएको समयमा गाउँमा एउटा पुल पनि हालेन भने भोलि कसले हाल्छ ? हामी भैंसी गोठाले बसेर पुल हाल्त त सक्दैनौं’, जोशीले भने ।

पुल बनाउने काम सुरु भएर पनि रोकिएको स्थानीय हरिभक्त अधिकारी बताउँछन् । ‘पक्की पुल बनाउन सर्भे भयो तर काम अगाडि बढेको छैन’, गिरीले भने ।

सभामुख भण्डारी भने पुल बनाउन आफूले पहल गरिरहेको बताउँछन् । ‘निर्वाचित भएपछि सबै पक्षलाई बोलाएर बारम्बार छलफल गरिरहेको छु । ठेकेदारले आत्महत्या गरेका कारण ढिलाइ भएको हो’, उनले भने ।

यहाँ पक्की पुल बनाउन २०८० सालमा ठेक्का लागेको थियो । लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले पुलको शिलान्यास गरेका थिए । पुल बनाउने जिम्मा डडेल्धुराका ठेकेदार डम्बर भट्टले पाए । उनले १८ महिनामा सक्ने गरी १ करोड ५० लाखमा पुल बनाउने ठेक्का सम्झौता गरेका थिए । तर ठेकेदारले आत्महत्या गरेपछि काम रोकिएको थलारा गाउँपालिका अध्यक्ष रोकायाले बताए । ‘ठेकेदारकी छोरीले बनाउने भन्नुभएको छ । अब फेरि सबै पक्षसँग छलफल गरेर काम अगाडि बढाउनुपर्छ । ताकेता गरिरहेका छौं’, उनले भने ।

सुदूरपश्चिमका सभामुख भण्डारीले आफूहरुलाई जानकारी नै नदिई पुल शिलान्यास गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

‘पुलको डिजाइन नगरी टेण्डर गरियो । लोक सेवा आयोगका अध्यक्षको अध्यक्षले शिलान्यास गर्ने नाममा हचुवामा टेन्डर निकालियो । म्याद सकिएर पनि थपमा गएको छ । पैसा फ्रिज भयो’, भण्डारीले भने ।

पक्की पुल नबन्दा केदारस्यूँ र थलारा गाउँपालिकाले फेरि काठे पुल बनाउने तयारी गरेका छन् । ‘मंसिरभित्र काठेपुल बनाउने तयारी छ’, थलाराका अध्यक्ष रोकायाले भने । सभामुख भण्डारी पुलका लागि चाहिने सामग्री तयार भएकाले म्याद थप गरेर डेढ महिनाभित्र तयार गर्ने बताउँछन् ।

स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय धनगढीका कर्मचारी र सरोकारवालासँग बसेर पुलको काम टुंगोमा पुर्‍याउने उनले दाबी गरे ।

अन्लाईन खबर

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज