Advertisement

बझाङमा ठेकेदारको मृत्यु पछि पुल अलपत्र, स्थानीयलाई सास्ती हुँंदा आफै काठेपुलमा जुटे

Advertisement

बझाङ: सेती नदीको झोलुंगे पुल २ कात्तिक २०७८ मा बगाएदेखि बझाङको केदारस्यूँ गाउँपालिकाको देउरा बजार क्षेत्रका बासिन्दा समस्यामा परेका छन् ।

बझाङ, बैतडी र डोटीको सीमामा पर्ने यहाँ तीन वर्षमा तीन वटा काठे पुल बनाइए, तर झोलुंगे पुल बन्न सकेन । काठे पुल पनि बर्खामा बाढीले बगाएपछि केदारस्यूँ गाउँपालिकाको देउरा बजार र थलारा गाउँपालिका वडा नं १ र २ का बासिन्दा बढी प्रभावित भएका छन् । थलारा-१ बाट देउरा बजार पुग्न पुल हुँदा १० मिनेट मात्र लाग्थ्यो । तर पुल नहुँदा दुई घण्टा लाग्छ ।

थलारा–१ का पर्शुराम जोशीको पसल देउरा बजारमा छ । ‘१ घण्टा हिँडेर अटो चढ्ने ठाउँमा पुगिन्छ । ५० रुपैयाँ जान ५० रुपैयाँ फर्किन गरी १०० रुपैयाँ दैनिक भाडा तिर्नुपर्छ’, उनले भने ।

स्थानीय बासिन्दालाई दैनिक उपभोग्य सामान किन्न र दूध, तरकारी जस्ता उत्पादन बेच्न देउरा बजार जानुपर्छ । ‘बजारबाट नुन तेल ल्याउन पनि समस्या छ । यताबाट दूध तरकारी बजारमा लैजान गाह्रो भएको छ’, स्थानीय नरदेवी बोहराले भनिन् । पहिले झोलुंगे पुल रहेको ठाउँ नजिकै उनको पसल छ । ‘पसलका लागि चाहिने सामान देउरा बजारबाट ल्याउने हो । पुल नभएपछि किनमेलका लागि मान्छे पनि आउँदैनन् । सुनसान भएको छ’, नरदेवीले भनिन् ।

थलाराका बासिन्दालाई बिरामी हुँदा अस्पताल जान पनि समस्या भएको स्थानीय देवराज जोशीले बताए ।

कतिपय बालबालिका पढ्नका लागि देउरा बजार पुग्नुपर्छ । साना बालबालिका लामो बाटो हिँड्न कठिन र डरलाग्दो छ ।

केदारस्यूँ र थलारा गाउँपालिकाले बर्सेनि सेती नदीमाथि काठेपुल बनाउने गरेका छन् । तर हिउँदमा बनाएको काठेपुल वर्षायामको बाढीले बगाउँछ । थलारा गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर रोकाय भन्छन्, ‘वर्षेनी ३ लाख रुपैयाँ काठेपुलमा खर्च गरेका छौँ ।’

संघीय सरकारको सहयोगमा झोलुंगे पुल निर्माण सुरु भएको छ, पूरा भएको छैन ।

सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीको घर पनि देउरा बजारमा पर्छ । पुल छिटो बनाउन सभामुख भण्डारीले पहल गर्नुपर्ने माग स्थानीयको छ ।

‘सभामुख भएको समयमा गाउँमा एउटा पुल पनि हालेन भने भोलि कसले हाल्छ ? हामी भैंसी गोठाले बसेर पुल हाल्त त सक्दैनौं’, जोशीले भने ।

पुल बनाउने काम सुरु भएर पनि रोकिएको स्थानीय हरिभक्त अधिकारी बताउँछन् । ‘पक्की पुल बनाउन सर्भे भयो तर काम अगाडि बढेको छैन’, गिरीले भने ।

सभामुख भण्डारी भने पुल बनाउन आफूले पहल गरिरहेको बताउँछन् । ‘निर्वाचित भएपछि सबै पक्षलाई बोलाएर बारम्बार छलफल गरिरहेको छु । ठेकेदारले आत्महत्या गरेका कारण ढिलाइ भएको हो’, उनले भने ।

यहाँ पक्की पुल बनाउन २०८० सालमा ठेक्का लागेको थियो । लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले पुलको शिलान्यास गरेका थिए । पुल बनाउने जिम्मा डडेल्धुराका ठेकेदार डम्बर भट्टले पाए । उनले १८ महिनामा सक्ने गरी १ करोड ५० लाखमा पुल बनाउने ठेक्का सम्झौता गरेका थिए । तर ठेकेदारले आत्महत्या गरेपछि काम रोकिएको थलारा गाउँपालिका अध्यक्ष रोकायाले बताए । ‘ठेकेदारकी छोरीले बनाउने भन्नुभएको छ । अब फेरि सबै पक्षसँग छलफल गरेर काम अगाडि बढाउनुपर्छ । ताकेता गरिरहेका छौं’, उनले भने ।

सुदूरपश्चिमका सभामुख भण्डारीले आफूहरुलाई जानकारी नै नदिई पुल शिलान्यास गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

‘पुलको डिजाइन नगरी टेण्डर गरियो । लोक सेवा आयोगका अध्यक्षको अध्यक्षले शिलान्यास गर्ने नाममा हचुवामा टेन्डर निकालियो । म्याद सकिएर पनि थपमा गएको छ । पैसा फ्रिज भयो’, भण्डारीले भने ।

पक्की पुल नबन्दा केदारस्यूँ र थलारा गाउँपालिकाले फेरि काठे पुल बनाउने तयारी गरेका छन् । ‘मंसिरभित्र काठेपुल बनाउने तयारी छ’, थलाराका अध्यक्ष रोकायाले भने । सभामुख भण्डारी पुलका लागि चाहिने सामग्री तयार भएकाले म्याद थप गरेर डेढ महिनाभित्र तयार गर्ने बताउँछन् ।

स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय धनगढीका कर्मचारी र सरोकारवालासँग बसेर पुलको काम टुंगोमा पुर्‍याउने उनले दाबी गरे ।

अन्लाईन खबर

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज