Advertisement

नेपाल प्रिमियर लिग : पहिलो खेलमा विराटनगर र जनकपुर भिड्ने [खेलतालिकासहित]

Advertisement

काठमाडौँ — विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा मंसिर १५ गते पहिलो खेल हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताको खेलतालिका सोमबार प्रकाशित गरेसँगै यी दुई टोलीबीच उद्घाटन खेल हुने भएको हो ।

 

उद्घाटनको भोलिपल्ट अर्थात मंसिर १६ मा स्थानीय तहको उपनिर्वाचनका कारण कुनै खेल हुने छैन । मंसिर १७ मा काठमान्डु गुर्खाज र चितवन राइनोजले आफ्नो पहिलो खेलमा प्रतिस्पर्धा गर्नेछ । सोही दिन जनकपुर र कर्णाली याक्सबीच दास्रो खेल हुनेछ । यो जनकपुरको दोस्रो र कर्णालीको पहिलो खेल हुनेछ ।

तेस्रो दिन अर्थात मंसिर १८ मा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स तथा चितवन र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । लुम्बिनी लायन्सले चौथो दिनमा आएर पहिलो खेल खेल्ने छ । टोलीको प्रतिस्पर्धा विराटनगरसँग हुनेछ । टोलीको एक दिन विश्रामपछि लगातार तीन खेल खेल्नेछ । पुस १ गते लिगको अन्तिम खेल हुनेछ, जहाँ सुदूरपश्चिम र कर्णाली भिड्नेछन् ।

आठ टोलीबीच राउन्ड रोबिन लिगमा प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली प्लेअफमा पुग्नेछ । पुस ३ गते तेस्रो र चौथो हुने टोली इलिमिनेटर तथा सोही दिन दोस्रो खेलमा लिगको पहिलो र दोस्रो हुने टोलीबीच क्वालिफायर १ मा प्रतिस्पर्धा हुनेछ । क्वालिफायर १ को विजेता टोली सोझै फाइनल पुग्ने छ । इलिमिनेटरमा विजयी हुने टोली र क्वालिफायर १ मा पराजित हुने टोलीबीच फाइनलमा प्रवेश पाउन पुस ४ गते प्रतिस्पर्धा हुनेछ । फाइनल पुस ६ गते हुनेछ ।Nepal Premier League: Biratnagar and Janakpur will meet in the first match [with schedule]

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज