Advertisement

व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित हुँदै अछामको चौरपाटीका किसान

Advertisement

चौरपाटी गाउँपालिकाका विभिन्न टोलमा पिउनलाई समेत पानी हुँदैन। त्यस कारण तरकारी लगायतका खेती गर्न किसानहरू समस्या झेलिरहेका छन्। पहिलो चरणमा गाउँपालिकाका वडा नम्बर १ र २ का किसानहरूलाई कृषि खेतीका लागि टनेल हस्तान्तरण गरेको छ। मालिका विकास संघका जलवायु मैत्री गाउँ परियोजना अधिकृत जनक कठरियाले वडा नम्बर १ र २ का ९० जना कृषकलाई टनेल वितरण गरिएको जानकारी दिए।

उनले वडा नम्बर १ का ११ वटा समूहका ५५ जना सदस्य र वडा नम्बर २ का ७ वटा समूहका ३५ जना सदस्यलाई तरकारी खेतीका लागि टनेल वितरण गरिएको बताए। उनका अनुसार एक समूहका पाँच जना सदस्यलाई टनेल हस्तान्तरण गरिएको हो। यस्तै पानीको समस्या भएको ठाउँमा थोपा सिचाईका लागि ड्रम र पाइप सहयोग गरिएको छ।

जलवायु परिवर्तनका कारण उत्पादन घटिरहेको भन्दै सो परियोजनामार्फत किसानलाई विभिन्न सहयोग गरिँदै आएको छ। यो परियोजनाले जलवायुमैत्री अनुकलन कृषि प्रविधि अपनाएर कृषकलाई कृषि क्षेत्रतर्फ आकर्षित गरिरहेको छ। यसको लक्ष्य ग्रामीण भेगका नागरिकको आम्दानी बढाउने, आधुनिक कृषि गर्न प्रेरित गर्ने, कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने रहेको बताइएको छ। सो परियोजनाका अधिकृत कठरियाले किसानहरूलाई विभिन्न विउविजनहरु पनि बाँडिएको बताए।

उनले गोलभेँडा, केराउ, प्याज, मुला, काउली, सिमी, बोडीलगायतका विउविजन वितरण गरिएको जानकारी दिए। यो परियोजनाले अहिले सोकट र सिउँडीमा काम गरिरहेको छ। आगामी वर्षहरूमा अन्य वडामा पनि काम गर्ने आफ्नो योजना रहेको उनले बताए।  यसअघि सो परियोजना अन्तर्गत किसानहरुको खेतको माटोसमेत परिक्षण गरिएको थियो।

यो परियोजनाले कृषि उत्पादन र उत्पादकत्व वृद्धि, माटोको उर्वराशक्ति पहिचान, र जलवायु मैत्री कृषि अभ्यास अवलम्बन गर्न सहयोग गर्ने लक्ष्य राखेको छ। यसै गरी आइतबारबाट तरकारी खेती सम्बन्धी तालिम पनि सुरु गरिएको छ। यो तालिम १८ वटै समूहका किसानहरूलाई दिइने परियोजना अधिकृत कठरियाले जानकारी दिए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज