Advertisement

बझाङका सबै स्वास्थ्यकर्मी सम्मानित

Advertisement

बझाङ : बझाङ जिल्लामा रहेका स्वास्थ्य संस्थाको वार्षिक समीक्षा कार्यक्रम आज सम्पन्न भएको छ ।

स्वास्थ्य कार्यालय बझाङको आयोजनामा जिल्ला अस्पताल लगायत १२ वटै गाउँपालिकाका स्वास्थ्य चौकी र वडास्तरमा सञ्चालन हुँदै आएका स्वास्थ्य संस्थाको समीक्षा कार्यक्रम तीनदिन अघि देखि जिल्ला समन्वय समितिको हलमा सञ्चालन भएको थियाे । कार्यक्रममा बझाङका स्वास्थ्य संस्थाको समीक्षा कार्यक्रम सुरु भएको भन्दै गाउँपालिका स्तरमा ०८०/८१ मा भएका कामको लेखाजोखा सहित आगामी याेजना तर्जुमा समिक्षा भएको हाे ।

तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा सबै पालिकाका स्वास्थ्य शाखाले एक वर्षमा भएका स्वास्थ्य क्षेत्रको प्रगति, भोगिएका समस्या, समाधानका लागि अगाडि बढाएका कदमको विवरण प्रस्तुत गरिनुका साथै विभिन्न विकास साझेदार संघसस्थाका राय सुझाव र चुनौती प्रस्तुत गरिएको थियो ।

आज कार्यक्रमको अन्तिम दिन सबैबाट आआफ्नो प्रतिवेदन सार्वजनिक गरेर जिल्लाकै उत्कृष्ट पालिकालाई घोषित गरिनुका साथै स्वास्थ्य क्षेत्रमा राम्रो काम गर्ने स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी र  विकास साझेदार संघ संस्थालाई सम्मान गरिएको छ ।

जिल्ला समन्वय समितिका उपप्रमुख कृष्ण बिष्टको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी अाेमप्रशाद भट्टराई प्रमुख अतिथि हुनुहुन्थ्यो । स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीको समापन कार्यक्रममा स्वास्थ्य सेवा प्रवाह तथा स्वास्थ्य कार्यक्रम सम्बन्धी सूचकहरुको आधारमा मुल्यांकन गरि प्रथम छबिसपाथिभेरा र जयपृथ्वी नगरपालिका भएको हाे ।

यसै बिच थलारा गाउँपालीका द्धितिय र तृतिय बुंगल नपालाई पुरस्कृत गरिएको छ । भने स्वास्थ्य क्षेत्रको आधार स्तम्भको रुपमा समुदायमा निरन्तर क्रियाशिल दुर्गाथली गाउँपालिका वडा नम्बर ४ मा कार्यरत महिला सामुदायिक स्वास्थ्य स्वयम सेविका हर्कुदेवी जोशीलाई पनि सम्मान गरिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरिक्षक नारायण जोशीले बताउनुभयो ।

यस्तै स्वास्थ्य संस्थामा गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह, प्रभावकारिता र दिगोपनाका लागि उत्कृष्ट कार्य सम्पादन वाफत जिल्लाका १२ वटै स्थानीय तहमा रहेका स्थानीय स्वास्थ्य स्ंस्थामा कार्यरत २७ जना स्वास्थ्यकर्मी र स्वास्थ्य कार्यालयमा कार्यरत पाँच जना कर्मचारीलाई सम्मानित गरिएको छ । त्यस्तै बझाङ जिल्ला रही स्वास्थ्य क्षेत्र सहयोग र सहजीकरण गरिरहेका १० वटा विकास साझेदार संघ संस्थालाई पनि प्रसंसा पत्र प्रदान गरिएको छ ।

त्यस्तै स्वास्थ्य क्षेत्रमा विगत लामो समय देखि गुणस्तरिय चिकित्सकिय सेवा र विरामीको हेरचाहमा उल्लेखनिय योगदान जिल्ला अस्पतालका डाक्टर सिद्धराज रोकाया, डाक्टर पदमराज जोशी, वरिष्ठ अस्पताल नर्सिङ निरिक्षक सुनिता खत्री र अनमी सत्य कुमारी खड्कालाई पनि सम्मानित गरिएको स्वास्थ्य कार्यालय बझाङका जनस्वास्थ्य निरीक्षक दीपक ऐडिले बताउनुभयो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज