बझाङ : बझाङमा स्वास्थ्य क्षेत्रकाे बार्षिक समिक्षा तथा याेजना तर्जुमा गाेष्ठी कार्यक्रम सुरु भएको छ ।
जिल्ला समन्वय समिति बझाङकाे सभाहलमा कार्यक्रम सुरु भएको हाे । स्वास्थ्य कार्यालय बझाङकाे आयाेजनामा जिल्ला भरिका स्वास्थ्यकर्मीहरु सँग छलफलमा यस बर्ष गरेको प्रगति र आगामी बर्षमा गर्नु पर्ने याेजना तर्जुमा कार्यक्रम गरिएकाे हाे ।
कार्यक्रम ११ गते देखि सञ्चालन भएको हाे भने कार्यक्रम १३ गते सम्म चल्ने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी दिपक ऐडीले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष जिल्ला समन्वय उपप्रमुख कृष्ण बिष्ट प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी अाेम प्रशाद भट्टराई सहित उपस्थिति रहका थिए ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख लालबहादुर धामीले विभिन्न बिषयमा प्रशिक्षण दिनु भएको हाे । जसमा १२ वटा स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख सहितकाे उपस्थिति रहेको थियाे ।
कार्यक्रमका फोटोहरु


