SPS Core Team सुदूरपश्चिम प्रदेशको आयोजनामा बुढीगंगा नगरपालिका बाजुरामा Finland- Nepal Peace Education Partnership मा 2250 Discussion Event अन्तर्गतको Youth Empowerment विषयमा स्थानीय सरकारसँग स्थानीय तहमा रहेका विभिन्न विधालयका विधार्थिहरु तथा स्काउट ट्रुपमा आबद्ध बालबालिकाको सहभागितामा १ दिने अन्तर्क्रिया कार्यक्रम मिति २०८१ भाद्र २७ गते सम्पन्न भएको छ ।
Core Team लिडर श्री पुुस्कर अवस्थीको सभाअध्यक्षता, नगर प्रमुख तथा स्थानिय संरक्षक श्री राम बहादुर बानियाँ, विशिष्ट अतिथि नगर उपप्रमुख तथा स्थानिय प्रमुख स्काउट श्री माया खड्का कुवँर, नेपाल स्काउट सुदूरपश्चिम प्रदेश प्रमुख आयुक्त नरेन्द्र थापा, प्रदेश तालिम दल सदस्य श्री चेतराज जैशी, प्रदेश परिषद् सदस्य श्री विनोद बहादुर बोहरा, श्री तोयराज जोशी, बुढीगंगा नगरपालिका स्थानीय प्रमुख आयुक्त श्री देवराज जोशी, त्रिवेणी स्थानीय प्रमुख आयुक्त श्री चन्द्र बहादुर ऐडी, प्रदेश अधिकृत श्री हेमराज जोशी, राष्ट्रिय स्काउट युवा परिषद सदस्य श्री लक्ष्मी प्रसाद अम्मै, रोभर लिडर श्री डिल्लीराज भट्ट साथै बुढीगंगा नगरपालिका सबै विधालयका स्काउट मास्टर, विभिन्न संघसंस्थाका पदाधिकारी, पत्रकार, समाजसेवी तथा विभिन्न स्काउट ट्रुप र अन्य विधार्थीहरुको उपस्थितिमा Youth Empowerment विषयमा बृहत अन्तर्क्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

