Advertisement

वडामा छैनन् वडाध्यक्ष र सचिव, न्यूज लेख्दा आरोप र धम्की

Advertisement

डोटि: डोटिको शिखर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष धिर्क बहादुर सिंहले कामना टेलिभिजनमा प्रकाशित समाचारको खण्डन गर्दै प्रतिकारमा उत्रीएका छन् ।

कामना टेलिभिजनले गत भदौ १० गते स्थानीय संग सरोकार कार्यक्रमद्वारा ´डोटीको शिखर नगरपालिका का वडाअध्यक्ष को रजगज , वडावासी भन्छन “चुनाव जितेपछि वडाअध्यक्ष को वडा कार्यलयमा मुख हेर्न पाएको छैनौ वडामा कुनै काम पर्यो कि वडाअध्यक्ष को घर जान पर्छ कि नगरपालिका । ” वडा कार्यालयमा नत वडाअध्यक्ष हुन्छन नत कर्मचारी नै हरिबिजोक ।` शिर्षकमा प्रशारण गरिएको समाचारको प्रतिकार गरेका हुन् ।
वडाध्यक्ष सिंहले कामना टेलिभिजन बाट प्रशारित उक्त भिडियोलाई र आफूमाथी लागेका आरोपलाई कमजोर बनाउन आफू निकटका व्यक्तीद्वारा सामाजिक संजालमा कामना टेलिभिजनका पत्रकारले आफ्ना विपक्षीद्वारा तेह्र लाख घुस खाएर समाचार लेख्को समेत आरोप लगाएका छन ।

को हुन् वडाध्यक्ष धिर्क बहादुर सिंह
स्थानीय तह २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित बनेका धिर्क बहादुर सिंह शिखर नगरपालिकाका केही समय अघिका प्रवक्ता समेत थिए । नगरपालिकामा स्थानीयद्वारा दैनिक उनको बिरोध भएपछि उनले प्रवक्ताबाट राजिनामा दिन बाध्य समेत भएको खुलेको छ । स्थानीय तहको निर्वाचनमा प्रमुख प्रतिपक्षी पार्टी नेकपा एमालेका उम्मेदवार तेज बहादुर साउद संग ६५ मतले बिजयी बनेका सिंह निर्वाचित समय देखि वडामा गएका छैनन् । वडामा वडाध्यक्षको रोहवरमा लिनुपर्ने सेवा सुविधा र अन्य पत्रको लागि स्थानीयले कि त वडाध्यक्ष सिंहको घर कि त नगरपालिका धाउनुपर्ने स्थानीय बताउँछन् ।

कामना संवाददातालाई धम्किपुर्ण फोन
कामना टेलिभिजनका प्रबन्धक समेत रहेका भरत साउँद (आलोक) ले शिखर नगरपालिका वडा नम्बर छ मै स्थलगत रिपोर्ट गर्दा त्यताका जनताले वडाको बेथिति बारे भिडियोमै प्रष्ट भनेका छन् । स्थलगत रिपोर्टिङमा वडा कार्यालयमा वडा कार्यालय उदाङ्ग देखिन्छ । त्यता न कर्मचारी देखिन्छन् न त जनप्रतिनिधि नै । वडाबाट अत्यावश्यक सेवाको लागि आउने स्थानीय रित्तो कार्यालय हेरेर फर्किन्छन् । सबै कुरा कामना टेलिभिजनमा प्रशारित भिडियोमा हेर्न सकिन्छ तर भिडियो प्रशारण गरिसकेपछि वडाध्यक्ष सिंहले फोनमार्फत धम्किपुर्ण भाषा प्रयोग गरेका छन् । ´तपाईंको अफिसमै आएर तपाईं संग विशेष तरिकाले भेट्न चाहान्छु, यस्तो समाचार लेख्ने मेरो ?` भन्दै वडाध्यक्ष सिंहले कामनाका प्रबन्धक समेत रहेका भरत साउँदलाई समाचार प्रशारणमा अंकुश लगाएका छन् ।

वडाध्यक्ष सिंहको नियोजित आरोप
वडाध्यक्ष सिंहले कामनामा सो भिडियो प्रशारण भएपछि आफ्ना पार्टिका नजिकका कार्यकर्ता र आफन्तद्वारा सामाजिक संजालमा भ्रम फैलाएका छन । नगरप्रमुखले १३ लाख दिएर वडाध्यक्ष विरुद्ध न्यूज बनाउन लगाएको भन्ने भ्रम जनमानसमा फैलाईरहेका समेत छन । कामनाका प्रबन्धक समेत रहेका भरत साउँद (आलोक) लाई १३ लाख लिएर समाचार बनाएको हो ? भन्दा उहाँले भन्नेहरु जिम्मेवार पदको मान्छे भएको र उहाँले मैले पैसा लिएको प्रमाण नदिए म कानुनी प्रक्रियामा जाने समेत बताएका छन ।

जनप्रतिनिधि र प्रतिपक्षी नै वअडाध्यक्षको बचाउमा
शिखर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष धिर्क बहादुर सिंहको बचाउमा जनप्रतिनिधि र प्रतिपक्षि नै लागेका छन् । स्थानीय तह २०७९ मा शिखर नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसबाट बिजयी भएका दिपक बहादुर बोगटिले सामाजिक संजाल फेसबुक मार्फत ´१/३/६ मिसन पत्रकार १३ लाख काण्ड’ भन्दै लेखेका छन् । त्यस्तै स्थानीय तह शिखर नगरपालिकामा २०७९ मा नेकपा एमालेबाट पराजित भएका भिम बहादुर बलायरले सामाजिक संजालमा ´नगरपालिकाको कुनै पनि विषय बारे आलोचना हुन लाग्यो भने झोले पत्रकारिताको शरण लिएर स्पष्टीकरण दिने पत्रकार एवं पत्रकारिता क्षेत्रमाथि पनि पुन: ठूलो अन्याय गर्नु भएन र ? काम गर्ने कालू, मकै खाने भालू….प्रसंग १३ लाखको ?’ भन्दै परिचालित भएर लेखेको देखिन्छ । वडाध्यक्ष सिंहको बचाउमा लागिपरेका यिँ दुई जनाले परिचालित भएर स्टाटस लेखेको प्रष्ट बुझिन्छ । १३ लाख बारे कुनै प्रमाण भए उपलब्ध गराउन भनेर बारम्बार भिमबहादुर बलायर र वडाध्यक्ष सिंहलाई फोन गर्दा कुनै प्रतिक्रिया दिएका छैनन् ।

छैनन् वडामा सचिव
शिखर नगरपालिका वडा नम्बर ६ मा वडा सचिव नहुँदा स्थानीयलाई सास्ती भएको छ । वडा सचिव नहुँदा र वडाध्यक्ष कार्यालयमा नबस्दा सानो कामका लागि पनि दुई घन्टा हिँडेर नगरपालिका पुग्नुपर्ने स्थानीय बताउँछन् । पटक पटक सचिवलाई सरुवा गराउँदै बसेका वडाध्यक्ष सिहँ भने कार्यकर्ता र आफन्तद्वारा अफवाह फैलाउनमै व्यस्त देखिन्छन् ।

हेर्नुहोस् कामना टेलिभिजनले गरेको स्थलगत रिर्पोटको भिडियो

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज