Advertisement

प्रचण्ड र ओलीले रविलाई सोधे- तपाईंहरूको पार्टीभित्र के भएको हो?

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पछिल्ला दिनमा देखा परेका घटनाक्रमबारे चासो राखेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार दिउँसो प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच छलफल भएको थियो। यो छलफलको अन्तिमतिर उपप्रधान तथा गृहमन्त्री रहेका रास्वपा सभापति रवि लामिछाने पनि सहभागी भएका थिए।

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीले रास्वपा सभापति लामिछानेलाई पार्टीभित्र देखा परेका घटनाक्रमबारे सोधेका थिए।

‘तपाईंहरूको पार्टीभित्र के भएको हो खासमा?,’ प्रधानमन्त्री र अध्यक्ष ओलीले रास्वपा सभापति लामिछानेलाई सोधेका प्रश्न उद्धृत गर्दै स्रोतले भन्यो।

जबाफमा सभापति लामिछानेले खासै ठूलो केही नभएको प्रतिक्रिया दिएका थिए।

‘महामन्त्रीले प्रतिवेदन बुझाउनु भएको हो, खासै केही भएको छैन। केही साथीहरूले महामन्त्रीको प्रतिवेदन बुझ्न हुन्न भनिराख्नु भएको थियो, तर मैले बुझेँ,’ सभापति लामिछानेका भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘प्रतिवेदन बुझाउने महामन्त्रीका पक्षमा खासै पार्टीभित्र माहौल छैन।’

रास्वपा महामन्त्री डा. मुकुल ढकालले ३९ जिल्लाका नेता तथा कार्यकर्तासँग छलफल गरेर त्यसको प्रतिवेदन सभापति लामिछानेलाई बुझाएका थिए। पार्टीमा बुझाउनुअघि नै सञ्चारमाध्यमहरूमा प्रतिवेदनका कुरा सार्वजनिक गरेकोलगायत विषयलाई लिएर महामन्त्री ढकालमाथि गत शुक्रबार पार्टीको अनुशासन समितिले स्पष्टीकरणसमेत सोधिसकेको छ।

महामन्त्री ढकालले बुझाएको प्रतिवेदनलगायत विषयमाथि छलफल गर्न रास्वपाले केन्द्रीय समिति बैठक पनि बोलाएको छ। महामन्त्री ढकालले सभापति लामिछानेसँग अब बस्ने केन्द्रीय समिति बैठक लाइभ गर्न प्रस्ताव गरेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका-७ र दुर्गाथली गाउँपालिका -६ को सीमाक्षेत्रमा पर्ने सुँगरेमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गए...
सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

काठमाण्डाै- ढाका टोपी, घाँटीमा स्कार्फ, काँधमा सारङ्गी र जीवनभरको सङ्घर्षको अनुभूति बोकेर ६३ वर्षीय यमबहादुर गन्धर्व हरेक दिन नयाँ...
बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बझाङ- बझाङमा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रण लिएको छ । शुक्रबार राति ९:१५ बजेको समयमा सदरमुका...
सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

धनगढी- सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले प्रदेशको विकासका लागि राजस्वको दायरा र आम्दानी बढाउनुपर्नेमा जोड दिएका छन्। प्रदेशसभाको आज...
बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियमला हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टरफाइनल खे...
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं- आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो। दिउँसो कोसी, वाग्मती,...
गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज