प्रचण्ड र ओलीले रविलाई सोधे- तपाईंहरूको पार्टीभित्र के भएको हो?
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पछिल्ला दिनमा देखा परेका घटनाक्रमबारे चासो राखेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार दिउँसो प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच छलफल भएको थियो। यो छलफलको अन्तिमतिर उपप्रधान तथा गृहमन्त्री रहेका रास्वपा सभापति रवि लामिछाने पनि सहभागी भएका थिए।
प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीले रास्वपा सभापति लामिछानेलाई पार्टीभित्र देखा परेका घटनाक्रमबारे सोधेका थिए।
‘तपाईंहरूको पार्टीभित्र के भएको हो खासमा?,’ प्रधानमन्त्री र अध्यक्ष ओलीले रास्वपा सभापति लामिछानेलाई सोधेका प्रश्न उद्धृत गर्दै स्रोतले भन्यो।
जबाफमा सभापति लामिछानेले खासै ठूलो केही नभएको प्रतिक्रिया दिएका थिए।
‘महामन्त्रीले प्रतिवेदन बुझाउनु भएको हो...

