कुनै स्थानमा हुने सकारात्मक परिबर्तन जस्ले त्यस स्थान का आम नागरिक हरुको जीवन स्थरलाई गुणस्तरीय बनाउदछ त्यस्तो प्रक्रिया नै बिकाश हो ।मानव चेतना को गर्व बाट नै बिकास को जन्म हुने गर्दछ त्यस कारण मानव चेतना को स्थर बैज्ञानिक बनाउन नसके सम्म बिकास सम्भव हुदैन ।
मानव चेतना को स्थर बिकास सन्धर्भमा प्रख्यात समाज शाश्री एवम समाजसास्र का पिता अगस्टे काम्टे ले लेखेका छन । मानव चेतना को स्थर निम्न तीन चरण मा बिकाश भएको पाइन्छ ।
धार्मिक चेतना को स्थर – यश चरण मा सामाजिक घट्ना तथा अवस्था समन्ध मा त्यस्को कारण दैबिक प्रलोकिक शक्ति हो जस्लाइ दैबिक शक्ति द्वारा संचालन एवम नियन्त्रण हुन्छ भन्ने बिश्वास राखिन्छ।
तात्विक स्थर- यश चरणमा सामाजिक घट्ना को कारण कुनै निश्चित प्राकृतिक नियम मा आधारित शक्ति द्वारा चलायमान हुन्छ भन्ने मान्यता एवम बिश्वास राखिन्छ।
प्रत्यक्षवाद स्थर- यश चरण मा हरेक सामाजिक घट्नाको परिमाण आनुभाबिक कृया , बैज्ञानिक तरिका बाट खोजी गरि बस्तुगत , तथ्य परक कारण र असर पत्तो लगाइन्छ।
यसरी जब सम्म मानव चेतनाको चरण प्रत्यक्ष वाद अर्थात बैज्ञानिक मान्यता मा अधारित बनाउन सकिँदैन ! अर्थात हरेक घट्ना अवस्था को बैज्ञानिक विधि अध्यन ,चिन्तन , विश्लेषण गरिदैन । तब सम्म वास्तविक दिगोबिकास को परिकल्पना समेत गर्न सकिँदैन ! त्यसकारण बिकास को लागि बिधमान, धार्मिक , तात्विक चेतना बाट माथी उठि प्रत्यक्षवाद चेतना को चरण मा प्रबेश गर्नु अपरिहार्य देखिन्छ । ललित बहादुर सिंह – गौरिगङ्गा नगर पालिका वार्ड ०५ अण्डैया

