Advertisement

पाण्डेले मार्लान त बाजी यस्तो छ सम्भावना

Advertisement

नेकपा एमाले कैलाली जिल्लाको ९ औं जिल्ला अधिवेशन आगामी फागुन ६ र ७ गते सुखडमा हुने भएको छ । सो अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नु हुने भएको छ।

अधिवेशनका लागि प्रतिनिधि समेत छनौट भइसकेको हुनाले पदाधिकारीका आकांक्षीहरु आफ्नो उम्मेदवारी घोषणाको तयारीमा लागेका छन् । जिल्लाको नेतृत्व लिन चाहने नेताहरुले अब चुनिएर आएका प्रतिनिधिहरुलाई आफुले जिल्लाको नेतृत्व लिन चाहना गरेको भन्दै दौडधुप सुरु गरेका छन् ।

अनेरास्ववियु बाट आफ्नो राजनीति सुरु गरेका एमाले जिल्ला कमिटी सचिव डेजि पाण्डेको जिल्ला अध्यक्षका लागि विशेष चर्चा हुने गरेको छ। जिल्लामा कार्यकर्ता माझ लोकप्रिय रहेका नेता तथा हालका जिल्ला सचिव डेजि पाण्डेको चर्चा बढी हुन थालेको छ ।

कार्यकर्तामाझ लोकप्रिय पाण्डेका पक्षमा ७५ प्रतिशत भन्दा बढी प्रतिनिधिहरू रहेको स्रोतले बताएको छ ।२०४८ सालमा कैलालीको बौनियामा रहेको रधुनाथ माध्यमिक विद्यालयमा अखिलको अध्यक्ष भएका पाण्डे त्यसको करिब ९ वर्षपछि सुदूरपश्चिम प्रदेशकै सबैभन्दा धेरै विद्यार्थि अध्ययन गर्ने कैलाली बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भए ।

२०५८ सालमा केन्द्रीय स्ववियु काउन्सिलका सहसंयोजक रहेका पाण्डे त्यसपछि पार्टी राजनीतिमा सक्रिय भए । एमालेको कैलाली जिल्ला सचिवालय सदस्य रहेका पाण्डे अखिल नेपाल राष्ट्रिय किसान महासंघको स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम सचिव हुन । गत ८ औं कैलालीको जिल्ला अधिवेशनबाट उनी सचिव पदमा निर्वाचित भएका हुन ।

धनगढी एक वडा बाट प्रतिनिधि चुनिएका एक जनाले भने एमाले कैलाली लाई बनाउने हो भने डेजि पाण्डे जिल्ला अध्यक्ष बन्नु पर्छ अरुले पार्टी मिलाउन सक्दैनन् पार्टीमा दिएको योगदानको आधारमा पनि पाण्डे लाई अध्यक्ष बनाउनु पर्छ।

यति मात्र नभएर एमाले केन्द्रिय अध्यक्ष केपी शर्मा वलिको ग्रिन सिङ्गल पाएका एक मात्र उम्मेद्वारको रूपमा पनि डेजी पाण्डेलाई हेरिएको छ। उनका प्रतिस्पर्धी यज्ञ ढुङ्गाना एमालेका रुष्ट समुह भिम रावल तर्फको उम्मेद्वार भनिएका छन। जुन निकै कमजोर रुपमा प्रतिस्पर्धी हेरिएको छ।

यसै गरी अर्का प्रतिस्पर्धी हालका कार्यबाहक अध्यक्ष दुर्गा जैशी हुन। हाल एमालेजनमा डेजी पाण्डे र उहाँको प्रतिस्पर्धी नहुने विश्वास गरेका छन्। कतिपयले त उहाँ का.बा. अध्यक्ष हुँदा नै डेजी पाण्डेले का.बा. भई काम गरेको दुर्गा जैशीकाे कार्य सम्पादन चित्त बुझ्दो मात्र नभई पाटी संगठन परिचालन चुकेको आरोप उहाँ माथी छ।

यस विषयमा हामिले पाण्डे सङ्ग सम्पर्क गर्दा उनले भने अहिले जिल्लाका नेता कार्यकर्ताको चाहाना म अध्यक्ष होस् भन्ने छ सके सर्वसम्मत हुन्छ हैन भने चुनाव भए पनि अध्यक्षमा मेरो दाबी छ आसा छ मलाई कैलालीका नेता कार्यकर्ताले सहयोग गर्ने छ्न । वाक कलामा प्रखर पाण्डे भुई मान्छेका आवाज बुलन्द उठाउने सधै पाटीको नीति नियम र सङठनको परिचालन मा निकै अब्बल र खारिएको नेताकोरुपमा परिचीत छ्न।।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रास्वपा सुदूरपश्चिम अधिवेशन, गणेश बहादुर बोहरा पुनः सह-महामन्त्रीमा उम्मेदवार

रास्वपा सुदूरपश्चिम अधिवेशन, गणेश बहादुर बोहरा पुनः सह-महामन्त्रीमा उम्मेदवार

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश अधिवेशनमा गणेश बहादुर बोहराले सह–महामन्त्री पदमा पुनः उम्मेदवारी घो...
च्याउ टिप्न गएका दुई महिलाको गोदावरी नदीमा बाढीले बगाउँदा मृत्यु

च्याउ टिप्न गएका दुई महिलाको गोदावरी नदीमा बाढीले बगाउँदा मृत्यु

धनगढी– कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीमा आएको बाढीले बगाउँदा दुई महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोदावरी नगरपालि...
२७ वर्षपछि पार्टीबाट अलगिए अछामका अविरल, नेपाली कम्युनिष्ट पार्टीलाई ठूलो धक्का

२७ वर्षपछि पार्टीबाट अलगिए अछामका अविरल, नेपाली कम्युनिष्ट पार्टीलाई ठूलो धक्का

अछाम- अछामको मेल्लेख गाउँपालिकाको राजनीतिक वृत्तमा तरंग पैदा हुने गरी नेपाली कम्युनिष्ट पार्टी का पुराना नेता लोकबहादुर बोहरा ‘अवि...
आगलागी पीडित परिवारलाई रु ३२ हजार बढी सहयोग हस्तान्तरण

आगलागी पीडित परिवारलाई रु ३२ हजार बढी सहयोग हस्तान्तरण

धनगढी- कैलालीको चुरे गाउँपालिका- २ देशना सलानीका लालबहादुर सार्कीको परिवारलाई आगलागीबाट भएको क्षतिपछि सङ्कलित सहयोग रकम हस्तान्तरण...
पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायकमा गायिका निरुता खत्री

पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायकमा गायिका निरुता खत्री

चुल्ठिमा रिबनको डोरी, मुन्टा लाउन्या काटा, आउँदा जादा डिठ पणन्छे साइका सुत्न्या कोठा.. यस्तै गीतबाट हजारौँ स्रोता-दर्शकको मन जित...
औषधिको समुचित प्रयोग र फार्मेसी क्षेत्रका चुनौतीबारे नेपालगञ्जमा अन्तरक्रिया

औषधिको समुचित प्रयोग र फार्मेसी क्षेत्रका चुनौतीबारे नेपालगञ्जमा अन्तरक्रिया

  नेपालगञ्ज, । औषधिको समुचित प्रयोग, गुणस्तरीय फार्मेसी सेवा प्रवाह तथा औषधि व्यवस्थापनका समसामयिक चुनौतीबारे सरोकारवालाबी...
आमाको मृत्युपछि भाइ बोकेर विद्यालय जाने बालिका कल्पनाको परिवारलाई रु ४ लाख ५० हजार सहयोग

आमाको मृत्युपछि भाइ बोकेर विद्यालय जाने बालिका कल्पनाको परिवारलाई रु ४ लाख ५० हजार सहयोग

धनगढी- अछामको रामारोसन गाउँपालिका-५ की बालिका कल्पना बुढाको परिवारलाई संकलित रु ४ लाख ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। व...
चुरे गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

चुरे गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

  धनगढी, असार ८ – कैलालीको चुरे गाउँपालिका लाई आर्थिक वर्ष २०८२/०८३ का लागि पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गर...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज