Advertisement

फिफा महिला विश्वकप: अहिलेसम्मकै ‘ठूलो प्रतियोगिता’ सुरु हुनुअघि गोलीकाण्ड

Advertisement

न्यूजील्यान्डको अकल्यान्डमा फिफा महिला विश्वकप सुरु हुनुभन्दा केही घण्टाअघि गोली चलेपछि दुई जनाको मृत्यु भएको छ। प्रहरी अधिकारीसहित अन्य छ जना घाइते भएका छन्।

शहरको मुख्य व्यापारिक क्षेत्रस्थित एक निर्माण स्थलमा भएको घटनापछि स्थानीय समयअनुसार करिब साढे सात बजे बन्दुकधारी स्वयंको पनि मृत्यु भएको छ।

त्यहाँका प्रधानमन्त्री क्रिस हिपकिन्सले उक्त आक्रमणलाई आतङ्कवादी गतिविधिका रूपमा नहेरिएको बताएका छन्। घटनाले विश्वकपमा पनि कुनै असर नपारेको र प्रतियोगिता योजनाअनुसार नै अघि बढ्ने उनले बताए।

“प्रहरीले जोखिमलाई निस्तेज पारेको छ र क्विन स्ट्रिटमा भएको घटनापछि अहिले त्यहाँ कुनै खतरा छैन भन्ने कुरामा आम मानिस निर्धक्क हुन सक्छन्,” उनले भने।

आक्रमणको कुनै राजनीतिक वा वैचारिक कारण पत्ता नलागेको प्रधानमन्त्री बताए।

उनका अनुसार बन्दुकधारीले पम्प–एक्सन शटगन बन्दुक बोकेका थिए। हिपकिन्सले न्यूजील्यान्ड प्रहरीका “साहसी पुरुष र महिलालाई धन्यवाद व्यक्त गरे जो सर्वसाधारणलाई बचाउन गोली चलिरहेको ठाउँमा पुगे।”

“यस किसिमका घटनाक्रम निकै द्रुत गतिमा अगाडि बढ्छन् र यस्तो परिस्थितिमा अरूलाई बचाउन आफ्नो ज्यान जोखिममा राख्नेहरूको कदम वीरतापूर्ण हो,” उनले भने।

खेलाडीहरू कति सुरक्षित?

अकल्यान्डका मेयर वेन ब्राउनका अनुसार फिफाका सबै कर्मचारी र फुटबल टोलीहरूको अवस्थाबारे जानकारी लिइएको छ र उनीहरू सुरक्षित छन्। यसअघि उनले मानिसहरूलाई घरमै बस्न र शहरमा यात्रा नगर्न आग्रह गरेका थिए। उनले गोलीकाण्डलाई ‘डरलाग्दो घटना’को संज्ञा दिएका थिए।

उद्घाटन खेल न्यूजील्यान्ड र नर्वेबीच इडेन पार्कमा हुनेछ।

देशका खेलमन्त्री ग्रान्ट रोबर्टसनले सुरक्षाको प्रत्याभूति गराउँदै उक्त क्षेत्रमा थप प्रहरी तैनाथ गरिने बताएका छन्।

प्रहरीका अनुसार उनीहरूले सुरुमा एक निर्माणस्थल भित्र एक व्यक्तिले बन्दुक पड्काएको खबर पाएका थिए। ती बन्दुकधारीले भवनभित्र यताउता गर्दै निरन्तर गोली चलाएको बताइन्छ।

रातो धर्सा

यो पनि पढ्नुहोस्

रातो धर्सा

त्यसपछि ती व्यक्ति लिफ्टमा चढे र प्रहरीले उनीसँग कुरा गर्ने प्रयास गर्‍यो। ती व्यक्तिले थप केही बेर गोली चलाए र केही समयपछि उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनापछि वाटरफ्रन्ट र फ्यान पार्कबाट केही दूरीमा रहेको मुख्य व्यापारिक क्षेत्रमा सशस्त्र प्रहरीको बाक्लो उपस्थिति थियो।

अमेरिकाको न्याशनल विमिन्स सकर लिगकी प्रमुख स्पोर्टिङ डाइरेक्टर टाट्याना हेनी गोली चलेको ठाउँ नजिकै बसिरहेकी छन्।

उनले बिबिसी न्यूजसँगको कुराकानीमा प्रहरीका गाडीहरू आएको आवाज सुनेर आफू ब्युँझिएको र आफूहरूलाई भित्रै बस्न सुझाव दिइएको बताइन्।

“अहिले हामीले सुरक्षित महसुस गरिरहेका छौँ,” उनले भनिन्।

महिला विश्वकपको यस संस्करणबारे हामीलाई के थाहा छ?

उद्घाटन खेल हुने मैदान
तस्बिरको क्याप्शन,उद्घाटन खेल हुने मैदान

यो पटक महिला विश्वकप फुटबल न्यूजील्यान्ड र अस्ट्रेलियामा हुँदै छ। पहिलो पटक महिला विश्वकप दुई देशले संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्।

प्रतियोगिताको यो नवौँ संस्करण हो।

यस प्रतियोगितामा विश्व च्याम्पियन अमेरिकासहित ३२ वटा देश सहभागी हुँदै छन्। सुरुवाती खेलहरू हेर्न करिब एक लाख दर्शकको उपस्थिति रहने आयोजकहरूको आशा छ।

नौवटा सहरका विभिन्न १० मैदानमा हुने ६४ खेलका लागि १३ लाखभन्दा बढी टिकटको अग्रिम बिक्रिसँगै यो सबैभन्दा बढी हेरिने महिला विश्वकप हुने ठानिएको छ।

महिला खेलाडीको अवस्था र अनुभव

आयोजकले सन् २०२३ को यस संस्करणका लागि दुई अर्ब टेलिभिजन दर्शकसम्म पुग्ने लक्ष्य लिएको छ। उक्त सङ्ख्या सन् २०१९ मा फ्रान्समा भएको विश्वकप हेर्ने दर्शक सङ्ख्याको दोबर हो।

“महिला भविष्य हुन्। अहिलेसम्मकै सबैभन्दा ठूलो फिफा महिला विश्वकपलाई समर्थन गर्ने प्रशंसकहरूलाई धन्यवाद,” फिफाका अध्यक्ष जिआनी इन्फान्टिनोले भने।

रिपब्लिक अफ आयरल्यान्डका साथै भियतनाम, जाम्बिया, हेइटी, मोरक्को, पानामा, फिलिपिन्स र पोर्चुगल पनि पहिलो पटक विश्वकपमा सहभागी हुँदै छन्।

विश्वको नम्बर एक टोली अमेरिका पाँचौँ पटक विश्व उपाधि जित्ने लक्ष्यमा छ भने जाम्बिया ७७ औँ स्थानमा छ।

प्रतिस्पर्धाको अन्तिम खेल अगस्ट २० मा स्टेडियम अस्ट्रेलियामा हुनेछ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर अनसन बसेका डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति भएको छ। सहमतिसँगै बिहीबारदेखि धनगढीमा...
प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज