Advertisement

बाजुरामा जङ्गलमा खेर गएको मेलको खुदो बजारमा

Advertisement

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिका –८ पाण्डुसैनका स्थानीय महिलाले पछिल्लो समय वनमा पाकेर सधैँ खेर जाँदै गरेको मेलबाट खुदो बनाउने काम सुरु गरेका छन् । 

असोजदेखि मङ्सिरसम्म बुढीनन्दा नगरपालिकाको मेलापात वन जङ्गलमा पाकेर सधैँ खेर जाँदै गरेको मेलबाट यहाँका स्थानीय महिलाले खुदो बनाउने गरेका हुन् ।

पाकेको मेलबाट बनेको खुदोले गाई, भैँसी, भेडा, बाख्रालगायतका जनावरलाई आउँमासी झाडापखाला तथा दिसा पिसाबमा रगत आउने रोगलाई निको पार्ने भएकोले पछिल्लो समय यहाँका महिलाहरूले मेलको खुदो पार्ने गरेको बुढीनन्दा नगरपालिका –८ खिन्तुरी रोकायाले बताइन् ।

पहिलेको पुस्ताले मेलको खुदो बनाएर गाउँ गाउँमा लगेर बिक्री गर्ने गर्थ्याे । अहिलेको पुस्तालाई यसको बारेमा खासै जानकारी नहुँदा बिक्री गर्न समस्या भएको रोकायाले बताइन् ।

बुढा पाखाले तमाखुमा हालेर खाने गरेकोले गाउँ घरमा भने केही मात्रामा मात्र बिक्री हुने गरेको भए पनि बाहिर भने कतै माग नभएको रोकायाले बताइन् । 

बाजुराको हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा, गौमुल बडिमालिका, त्रिवेणी, बुढीगङ्गा र खप्तडछेडेदह लगायतका गाउँपालिकाका अधिकांश ठाउँमा मेल प्रशस्त पाइन्छ । 

तर त्यो मेल त्यत्तिकै खेर जाने गरेको छ । यसलाई स्थानीय सरकारले सदुपयोग हुने गरी कार्यक्रम ल्याउने हो भने यहाँका बेरोजगार युवालाई घरमै काम पाइने सम्भावना छ ।

असोजदेखि मङ्सिरसम्म पाक्ने यो मेल अहिले पनि गाउँमा त्यत्तिकै खेर गइरहेको छ । खाँदा गुलियो र स्वादिलो हुने मेल मानव स्वास्थ्यका लागि निकै उपयोगी छ । तर यसको प्रयोग भने कमै हुने गरेको छ ।

गाउँमा बनेको मेलको खुदोलाई अहिलेको स्थानीय सरकारले देशका विभिन्न सहरमा लिने गरी आर्थिक लगानी गर्ने हो खुदोबाट नै यहाँका स्थानीयको पेट पाल्ने सक्ने रोकायले बताइन् । -गोरखापत्रबाट 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज