Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.4.1.) in /home3/kamanate/kamanatoday.com/wp-includes/functions.php on line 6260
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?
Advertisement

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

Advertisement

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष पदका सम्भावित उम्मेदवारका रूपमा व्यापक चर्चामा रहेका छन् । स्थानीय तहमा पार्टी संगठन विस्तार, कार्यकर्ता परिचालन र जनतासँगको निरन्तर सम्पर्कका कारण खत्रीलाई एमालेभित्र मात्र होइन, समग्र स्थानीय राजनीतिमा पनि प्रभावशाली नेताका रूपमा हेरिने गरिएको छ ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा खत्री गाउँपालिका अध्यक्ष पदका लागि एमालेबाट सिफारिसमा परेका थिए । तर अन्तिम समयमा पार्टीको निर्णयअनुसार उनले टिकट पाउन सकेनन् । त्यसबेला पनि धेरै कार्यकर्ताले उनलाई सक्षम उम्मेदवारका रूपमा लिएका थिए । टिकट नपाएपछि पनि उनले पार्टीप्रतिको प्रतिबद्धता कायम राख्दै संगठन निर्माण, पार्टीका कार्यक्रम र जनसम्पर्कलाई निरन्तरता दिएका थिए ।

आगामी निर्वाचनको चर्चा सुरु भएसँगै खप्तडछान्नामा खत्रीको नाम पुनः अध्यक्ष पदका लागि प्रमुख रूपमा उठ्न थालेको छ । स्थानीय स्तरमा उनको सक्रियता, विकास निर्माणप्रतिको चासो तथा कार्यकर्ताबीचको लोकप्रियताका कारण उनी एमालेका बलिया आकांक्षीमध्ये एक रहेको चर्चा भइरहेको छ । पार्टीभित्र पनि उनलाई सक्षम नेतृत्वका रूपमा हेर्ने कार्यकर्ताको संख्या उल्लेख्य रहेको बताइन्छ ।

स्थानीय राजनीतिक वृत्तमा खत्री उम्मेदवार बनेमा प्रतिस्पर्धा रोचक हुने विश्लेषण भइरहेको छ । यद्यपि, उम्मेदवार चयन सम्बन्धी अन्तिम निर्णय भने नेकपा (एमाले) को आधिकारिक प्रक्रिया र निर्णयबाट मात्रै हुने भएकाले अहिले नै कसले टिकट पाउने भन्ने विषय टुङ्गो लागिसकेको छैन ।

खप्तडछान्ना गाउँपालिकाको राजनीतिक माहोल बिस्तारै तात्न थालेको अवस्थामा कलक खत्रीको सम्भावित उम्मेदवारीले स्थानीय राजनीतिमा नयाँ बहस र चासो सिर्जना गरेको छ । आगामी निर्वाचनमा एमालेले कसलाई उम्मेदवार बनाउने भन्ने विषयलाई लिएर कार्यकर्ता र स्थानीयवासीको ध्यान केन्द्रित भएको देखिन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच भिडन्त

एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच भिडन्त

काठमाण्डौ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधिका लागि आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्...
सेती प्राविधिक शिक्षालयकी प्रमुख शर्मामाथि आर्थिक अनियमितताको आरोप, अख्तियारमा उजुरी

सेती प्राविधिक शिक्षालयकी प्रमुख शर्मामाथि आर्थिक अनियमितताको आरोप, अख्तियारमा उजुरी

​डोटी- डोटीको दिपायलस्थित सेती प्राविधिक शिक्षालयकी शिक्षालय प्रमुख सुशीला शर्मामाथि पदीय जिम्मेवारी र अधिकारको दुरुपयोग गर्दै आर्...
चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

काठमाडौं- सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा उपाधि नजिक पुगेको छ । चितवन राइनोजलाई तीन विकेटले हरा...
एनपीएल फाइनलको अर्को टोली आज टुङ्गिँदै, चितवन र सुदूरपश्चिम निर्णायक भिडन्तमा

एनपीएल फाइनलको अर्को टोली आज टुङ्गिँदै, चितवन र सुदूरपश्चिम निर्णायक भिडन्तमा

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्ने अर्को टोलीको टुङ्गो आज ...
सी, ट्रम्प र पुटिनबीच आज त्रिपक्षीय वार्ता, चीनमा जुट्दै विश्वका तीन शक्तिशाली नेता

सी, ट्रम्प र पुटिनबीच आज त्रिपक्षीय वार्ता, चीनमा जुट्दै विश्वका तीन शक्तिशाली नेता

चीनका राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज औपचारिक त्रिपक्षीय वार्ता हु...
चितवन राइनोज क्वालिफायर-२ मा, काठमाडौँ गोर्खाज ६१ रनले पराजित

चितवन राइनोज क्वालिफायर-२ मा, काठमाडौँ गोर्खाज ६१ रनले पराजित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि होडमा चितवन राइनोजले आफ्नो सम्भावना कायमै राखेको छ । एलिमिनेटरमा काठमाडौँ गोर्खाजला...
एनपीएल : दोस्रो क्वालिफायरका लागि आज काठमाडौँ र चितवन भिड्दै

एनपीएल : दोस्रो क्वालिफायरका लागि आज काठमाडौँ र चितवन भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि होडमा टिकिरहन काठमाडौँ गोर्खाज र चितवन राइनोज आज इलिमिनेटरमा आमनेसामने हुँदै...
लुम्बिनीलाई फाइनलको टिकट, सुदूरपश्चिम दोस्रो क्वालिफायर खेल्ने

लुम्बिनीलाई फाइनलको टिकट, सुदूरपश्चिम दोस्रो क्वालिफायर खेल्ने

काठमाडौं- साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ । पहिलो क्वालिफायरमा सुदूर...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज