कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी
धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेकी छन्।
लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रिजाल केसीले पार्टी संगठनलाई थप मजबुत बनाउने, महिलाको सहभागिता र नेतृत्वदायी भूमिका बढाउने तथा कार्यकर्ताका आवाजलाई पार्टीको नीति निर्माण तहसम्म पुर्याउने उद्देश्यले उम्मेदवारी दिएको बताएकी छन्।
उनले पार्टीको संगठन सुदृढीकरणसँगै महिला तथा युवा सहभागितालाई प्राथमिकता दिँदै पार्टीलाई थप सक्रिय र जनमुखी बनाउन आफ्नो भूमिका केन्द्रित गर्ने बताएकी छन्।
महाधिवेशन प्रतिनिधि पदका लागि उम्मेदवारी घोषणा गर्दै रिजाल केसीले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास, संगठनप्रतिको प्रतिबद्धता र कार्यकर्तासँगको निरन्तर सहकार्यलाई आफ्नो प्राथमिकतामा राख्ने उल्लेख गरेकी छन्।...

