मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। दिउँसो बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा ठूलो पानी पर्न सक्ने अनुमान गरिएको छ।
यस्तै, हिमाली तथा पहाडी क्षेत्रका केही स्थान र तराईका थोरै भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। भारी वर्षा हुने क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

