Advertisement

छ घण्टा पैदल हिँड्नुपर्ने बाध्यता, विकासको पर्खाइमा डडेलधुराको पलगडी गाउँ

Advertisement

डडेलधुराको परशुराम नगरपालिका- ११ स्थित पलगडी गाउँ आज पनि विकासको मूल प्रवाहबाट टाढै छ। कञ्चनपुरसँग सीमा जोडिएको चुरे क्षेत्रको विकट पहाडी भूभागमा रहेको यस गाउँमा सडक, विद्युत्, स्वास्थ्य सेवा, खानेपानी र गुणस्तरीय शिक्षाजस्ता आधारभूत सुविधा अझै पुग्न सकेका छैनन्।

करिब ५० परिवार बसोबास गर्ने पलगडी गाउँसम्म अहिले पनि मोटरबाटो पुगेको छैन। स्थानीयहरू झलारी बजारबाट गाउँ पुग्न करिब छ घण्टा पैदल हिँड्न बाध्य छन्। वर्षायाममा पहिरो, हिलो र बाढीका कारण यात्रा अझ जोखिमपूर्ण बन्ने गरेको छ।

गाउँमा कोही बिरामी परे एम्बुलेन्स पुग्ने अवस्था छैन। बिरामीलाई डोको वा पिठ्युँमा बोकेर छ घण्टासम्म पैदल हिँडेर झलारी वा अन्य स्वास्थ्य संस्थासम्म पुर्‍याउनुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्।

शिक्षाको अवस्था पनि उस्तै चुनौतीपूर्ण छ। गाउँमा कक्षा ५ सम्म मात्रै पढाइ हुने विद्यालय भएकाले माध्यमिक शिक्षा अध्ययन गर्न विद्यार्थीले दैनिक चार घण्टासम्म पैदल यात्रा गर्नुपर्छ। लामो दूरी, वर्षायामको जोखिम र आर्थिक अभावका कारण धेरै बालबालिकाले बीचमै पढाइ छाड्ने गरेका छन्।

गाउँमा स्वास्थ्य चौकीसमेत छैन। सामान्य बिरामी हुँदा स्थानीयहरू घरेलु उपचार वा झारफुकमै भर पर्नुपर्ने अवस्था छ। दैनिक उपभोगका सामग्री किन्न पनि कञ्चनपुरको झलारी बजार पुग्नुपर्छ भने खाद्यान्न, औषधि र अन्य सामान पिठ्युँमा बोकेर गाउँ ल्याउनुपर्ने बाध्यता छ।

धारापानी खोलामा पुल नहुँदा हरेक वर्ष स्थानीयले जोखिम मोलेर खोला तर्नुपर्ने अवस्था छ। तीन वर्षअघि गाउँकै एक स्थानीय खोला तर्ने क्रममा बगेर ज्यान गुमाएको घटना अझै स्थानीयको स्मृतिमा ताजै छ।

पलगडीमा विद्युत् सेवा पनि पुगेको छैन। स्थानीयले आफ्नै श्रमले विद्युत्का खम्बा गाउँसम्म पुर्‍याए पनि खम्बा गाड्ने र तार तान्ने काम अझै सम्पन्न भएको छैन। सञ्चार सेवा पनि कमजोर भएकाले मोबाइल नेटवर्क कहिलेकाहीँ मात्रै लाग्ने गर्छ।

यहाँका अधिकांश परिवार कृषि र बाख्रापालनमा निर्भर छन्। सडक नहुँदा स्थानीय उत्पादन बजारसम्म पुर्‍याउनसमेत समस्या हुने गरेको छ भने धेरै युवा रोजगारीका लागि भारत तथा अन्य स्थानमा मजदुरी गर्न बाध्य छन्।

स्थानीयले वर्षौंदेखि सडक, पुल, स्वास्थ्य चौकी, माध्यमिक विद्यालय र विद्युत् विस्तारको माग गर्दै आए पनि उल्लेखनीय प्रगति हुन सकेको छैन। विकासको उज्यालोबाट टाढा रहेको पलगडी गाउँ आज पनि आधारभूत सेवासुविधाको प्रतीक्षामै छ।

रासस

प्रतिक्रिया

छुटाउनुभयो कि ?

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर अनसन बसेका डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति भएको छ। सहमतिसँगै बिहीबारदेखि धनगढीमा...
प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज