Advertisement

सुदूरपश्चिममा विपद् व्यवस्थापन सुदृढ बनाउन दुई कार्ययोजना स्वीकृत, मुख्यमन्त्री शाहद्वारा उच्च सतर्कताको निर्देशन

Advertisement

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले मनसुनजन्य विपद्को प्रभावकारी व्यवस्थापनका लागि दुई महत्वपूर्ण कार्ययोजना स्वीकृत गरेको छ। प्रदेश विपद् व्यवस्थापन परिषद्का अध्यक्ष तथा मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा शनिबार बसेको परिषद् बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य प्रादेशिक कार्ययोजना, २०७७ (पाँचौँ संशोधन–२०८३) र बहुप्रकोप पूर्वसूचना रणनीतिक कार्ययोजना (२०२५–२०३०) अनुमोदन गरेको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा प्रदेश सरकारका मन्त्री, सचिव तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो।

स्वीकृत मनसुन पूर्वतयारी कार्ययोजनामा बाढी, पहिरो, डुबान, कटान, सडक अवरोधलगायत वर्षायाममा हुन सक्ने जोखिमको पूर्वानुमान, जोखिम न्यूनीकरण, खोज तथा उद्धार, राहत वितरण र पुनःस्थापनासम्बन्धी जिम्मेवारी स्पष्ट रूपमा निर्धारण गरिएको छ। साथै आपत्कालीन अवस्थामा विभिन्न निकायको भूमिका र परिचालन प्रक्रियासमेत उल्लेख गरिएको छ।

प्रदेश सरकारले कार्ययोजना विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, नियमावली, राष्ट्रिय तथा प्रादेशिक विपद् व्यवस्थापन योजना र प्रचलित कानुनी व्यवस्थालाई आधार बनाएर तयार गरिएको जनाएको छ।

यस्तै, स्वीकृत बहुप्रकोप पूर्वसूचना रणनीतिक कार्ययोजना (२०२५–२०३०) ले प्रदेशभर प्रभावकारी पूर्वसूचना प्रणालीको विकास र विस्तारलाई प्राथमिकता दिएको छ। जलवायु परिवर्तनबाट बढ्दो विपद् जोखिमलाई मध्यनजर गर्दै मानवकेन्द्रित पूर्वानुमान, सञ्चार प्रणाली सुदृढीकरण तथा आधुनिक प्रविधिको प्रयोगमार्फत जोखिम न्यूनीकरण गर्ने लक्ष्य कार्ययोजनाले लिएको छ।

बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले विपद् व्यवस्थापनमा संलग्न सबै निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिँदै सम्भावित जोखिम क्षेत्रको समयमै पहिचान, सूचना प्रवाह, उद्धार तथा राहतका सम्पूर्ण तयारी अवस्थामा रहन आग्रह गरे।

उनले विपद्को बेला जनताले सरकारको प्रभावकारी उपस्थिति महसुस गर्ने गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय, विकास साझेदार, निजी क्षेत्र र तीनै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताए। साथै आपत्कालीन अवस्थामा प्रभावित क्षेत्रमा तत्काल परिचालन हुन कमाण्ड पोस्टलाई सक्रिय राख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

विश्वकपको सेमिफाइनल समीकरण पूरा : चारवटै टोली पूर्वविजेता

विश्वकपको सेमिफाइनल समीकरण पूरा : चारवटै टोली पूर्वविजेता

काठमाण्डौ- फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । फिफा वरीयतामा शीर्ष चारका टोली फ्रान्स, अर्जेन्टिना, स्पेन र इंग्ल्...
बझाङ जिप दुर्घटना : ६ गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगियो

बझाङ जिप दुर्घटना : ६ गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगियो

धनगढी- बझाङको केदारस्यूँ गाउँपालिका-७  र दुर्गाथली गाउँपालिका - ६ को सीमा सुँगरेमा भएकाे बोलेरो जिप दुर्घटनामा गम्भीर घाइते भएका ६...
शीतलचिनीको व्यावसायिक उत्पादनमा जोडिएका भट्ट

शीतलचिनीको व्यावसायिक उत्पादनमा जोडिएका भट्ट

कैलाली- कैलालीको गोदावरी नगरपालिका-२ तेघरीका किसान रामचन्द्र भट्ट शीतलचिनी (मोरिङ्गा) को व्यावसायिक खेतीमा आबद्ध भई स्थानीय किसानक...
सुदूरपश्चिममा विपद् व्यवस्थापन सुदृढ बनाउन दुई कार्ययोजना स्वीकृत, मुख्यमन्त्री शाहद्वारा उच्च सतर्कताको निर्देशन

सुदूरपश्चिममा विपद् व्यवस्थापन सुदृढ बनाउन दुई कार्ययोजना स्वीकृत, मुख्यमन्त्री शाहद्वारा उच्च सतर्कताको निर्देशन

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले मनसुनजन्य विपद्को प्रभावकारी व्यवस्थापनका लागि दुई महत्वपूर्ण कार्ययोजना स्वीकृत गरेको छ। प्रदेश...
आइतवार र सोमवार अति भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह

आइतवार र सोमवार अति भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले आइतवार र सोमवार देशका विभिन्न स्थानमा भारीदेखि अति भारीसम्म वर्षा हुने पूर्वानुमान गर्दै सर्...
बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका-७ र दुर्गाथली गाउँपालिका -६ को सीमाक्षेत्रमा पर्ने सुँगरेमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गए...
सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

काठमाण्डाै- ढाका टोपी, घाँटीमा स्कार्फ, काँधमा सारङ्गी र जीवनभरको सङ्घर्षको अनुभूति बोकेर ६३ वर्षीय यमबहादुर गन्धर्व हरेक दिन नयाँ...
बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बझाङ- बझाङमा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रण लिएको छ । शुक्रबार राति ९:१५ बजेको समयमा सदरमुका...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज