Advertisement

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

Advertisement

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा स्थित युपि ओजेना बस्तीवासीमा खानेपानीको सहज पहुँच सुनिश्चित गर्न वडा कार्यालयले खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरेको हो ।

उक्त टोलमा सौर्य ऊर्जामार्फत लिफ्टिङ प्रणालीबाट खानेपानी आपूर्ति हुँदै आएको छ। घाम लागेको समयमा पर्याप्त पानी उपलब्ध भए पनि बादल लाग्दा सौर्य ऊर्जाको क्षमता घट्ने र पानी आपूर्ति बन्द हुने समस्या स्थानीयले लामो समयदेखि भोग्दै आएका थिए।
सोही समस्यालाई मध्यनजर गर्दै वडा कार्यालयले स्थानीयलाई पानी संकलन गरी आवश्यक समयमा प्रयोग गर्न मिल्नेगरि ५ सय लिटरको २० वटा ड्राम वितरण गरेको छ ।
टोलबासीले सुरक्षित तथा स्वच्छ खानेपानी संकलन गरी प्रयोग गर्न सकून् भन्दै ड्राम वितरण गरिएको वडाध्यक्ष हरिश खड्काका बताउनुभयो । सौर्य ऊर्जामा आधारित खानेपानी प्रणाली भएकाले मौसम प्रतिकूल हुँदा पानी आपूर्तिमा समस्या हुने गरेको छ। त्यसैले स्थानीयले पानी भण्डारण गर्न सहज होस् भनेर ड्राम वितरण गरेका हौं, उनले भने।
ड्राम वितरणपछि स्थानीयवासीले घाम लागेको समयमा पानी संकलन गरी आवश्यकता अनुसार प्रयोग गर्न सक्ने भएका छन्। यसले खानेपानीको अभाव कम गर्न तथा दैनिक जीवनलाई सहज बनाउन सहयोग पुग्ने देखिन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज