Advertisement

बझाङमा काँग्रेसभित्र अन्तरघातको आरोप, अमर सिंह महरद्वारा छानबिन र कारबाहीको माग

Advertisement

बझाङ- हालै सम्पन्न प्रतिनिधि सदस्य निर्वाचनपछि अमर सिंह महर ले आफूविरुद्ध अन्तरघातको आरोप लगाइएको भन्दै त्यसको सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।
महरले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विज्ञप्तिमा फागुन २१ गतेको निर्वाचनमा आफूले दिनरात खटेर पार्टीका उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी नराखेको दाबी गरेका छन्। उनले इमान्दारपूर्वक पार्टीका लागि काम गरेको उल्लेख गर्दै आफूविरुद्ध लगाइएको आरोप आधारहीन भएको बताएका छन्।
उनका अनुसार निर्वाचन परिणामपछि बसेको समीक्षा बैठकमा उम्मेदवार प्रकाश रसाइली ले ‘विशेष स्रोतबाट अन्तरघात भएको’ भन्दै जिल्ला कमिटीमा आफ्नो नाम जबरजस्ती समावेश गराएको आरोप लगाएका छन्। महरले वास्तविकता नबुझी आफ्नो नाम सार्वजनिक गरी चरित्र हत्या गर्ने प्रयास गरिएको बताएका छन्।
यसप्रति आपत्ति जनाउँदै उनले नेपाली काँग्रेस जिल्ला कार्यसमिति बझाङलाई घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेका छन्।
साथै, केही पदाधिकारीले पदको दम्भ देखाउँदै दबाब दिन खोजेको संकेत गर्दै उनले पार्टी सभापति  गगन कुमार थापा समक्ष समेत ध्यानाकर्षण गराएका छन्। महरले दोषीमाथि कारबाही नभए इमान्दार कार्यकर्ताको मनोबल घट्ने चेतावनी दिएका छन्।
उनले पार्टीले समयमै उचित निर्णय नगरे इमान्दार कार्यकर्ता विस्थापित हुने अवस्था आउन सक्ने उल्लेख गर्दै केही दिन पर्खिने बताएका छन्।
उता पार्टी सभापति थापाले भने पदबाट राजिनामा दिएको समाचार आएको  छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज