Advertisement

जनताको स्वास्थ्यप्रति संवेदनशील उम्मेदवार साउँद, बिरामीको अवस्था बुझ्न अस्पताल पुग्दा

Advertisement

अछाम- नेकपा एमालेका तर्फबाट अछाम क्षेत्र नं- १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दिपक साउँदले बिरामीसँग भेटघाट गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ।
चुनावी अभियानका क्रममा व्यस्त रहेका साउँद शुक्रबार बयालपाटा प्रादेशिक अस्पताल पुगेर उपचाररत बिरामीहरूलाई भेट्नुभएको हो।
उहाँले अस्पतालका विभिन्न वार्डमा पुगेर बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उनीहरूले उपचारका क्रममा भोग्नु परेका समस्या र सेवासम्बन्धी गुनासाहरू पनि सुन्नुभएको थियो।

भेटघाटका क्रममा साउँदले बिरामीहरूको मनोबल उच्च राख्न आग्रह गर्दै छिटो स्वास्थ्य सुधारको कामना गर्नुभयो।
उहाँले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले ग्रामीण भेगका नागरिकले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्नेमा जोड दिनुभयो।

अस्पतालमा उपचाररत सबै बिरामीलाई व्यक्तिगत रूपमा भेट्दै साउँदले उपचार सेवामा देखिएका कमी–कमजोरी सुधारका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो।

साथै आगामी दिनमा स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास, आवश्यक जनशक्ति व्यवस्थापन तथा औषधि आपूर्तिमा सुधार ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।स्थानीय नागरिक तथा बिरामीका आफन्तहरूले उम्मेदवार स्वयं अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे चासो देखाएकोमा सकारात्मक प्रतिक्रिया दिएका थिए। चुनावी घरदैलो तथा भेटघाट कार्यक्रमबीच पनि बिरामीको अवस्थाबारे बुझ्न अस्पताल पुग्नुले साउँदको सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता झल्काएको सहभागीहरूको भनाइ रहेको छ।

साउँदसँग अस्पताल एमाले केन्द्रीय सदस्य जिल्ला इन्चार्ज झपड बोहरा, एमाले सुदूरपश्चिम अध्यक्ष कृष्णप्रसाद जैसी लगायतका नेताकार्यकर्ताको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज