Advertisement

स्वर्गीय हिरण्ड बोहराको परिवारलाई सैनिक सहकर्मीको सहारा, एक लाख ६४ हजारभन्दा बढी सहयोग हस्तान्तरण

Advertisement

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिका–५ निवासी तथा नेपाली सेनामा कार्यरत स्वर्गीय हिरण्ड बोहरा को निधनपछि उनका परिवार गम्भीर आर्थिक संकटमा परेका छन्। परिवारको दैनिकी नै प्रभावित हुने गरी गाँस, बास र कपासको समेत अभाव भएको खबर सार्वजनिक भएपछि उनका ब्याजी तथा देश–विदेशमा रहेका सहकर्मीहरू सहयोगका लागि अघि सरेका छन्।
ज्वाला दल गणका सि.स. २” मा कार्यरत सैनिक परिवारको पहलमा संकलन गरिएको एक लाख ६४ हजार ८३४ रुपैयाँ आर्थिक सहयोग स्वर्गीय बोहराकी श्रीमतीलाई हस्तान्तरण गरिएको हो।
जसमा नगद २० हजार , १५ हजार रुपैयाँ बराबरको खाद्य सामग्री तथा स्टेशनरी, र बाँकी १ लाख २९ हजार ६३९ रुपैयाँ स्वर्गीय बोहराका नाबालक सन्तानको नाममा बैंक खाता खोली जम्मा गरिएको जनाइएको छ।
निशुल्क शिक्षाको जिम्मेवारी
साथै, उक्त परिवारका एक बालकलाई बोन्ड स्कुल बोर्डिङ स्कुल, पबेरा का प्रधानाध्यापक तिलक बोहरा ले कक्षा १० सम्म निःशुल्क अध्ययन गराउने जिम्मेवारी लिएको जानकारी दिइएको छ।
मानवीय उदाहरण
सहकर्मी सैनिकहरूको यो सहयोगले संकटमा परेका परिवारलाई ठूलो राहत पुगेको छ। पीडामा साथ दिने यो मानवीय कदमले समाजमा सहकार्य र सहानुभूतिको सन्देश दिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज