Advertisement

एक्यानले पायो नयाँ नेतृत्व: अध्यक्षमा तिवारी, महासचिवमा फुयाल

Advertisement

काठमाडौँ : सक्रिय शैक्षिक परामर्श सङ्घ नेपाल (एक्यान) को तेस्रो वार्षिक साधारण सभाबाट आगामी दुई वर्षका लागि नयाँ नेतृत्व निर्विरोध चयन भएको छ। संस्थाका सम्पूर्ण पदमा निर्धारित संख्यामा मात्र उम्मेदवार दर्ता भएकाले प्रमुख निर्वाचन अधिकृत अधिवक्ता हरेराम लामिछानेले पदाधिकारी तथा केन्द्रीय समितिका सदस्यहरू निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो।

नयाँ कार्यसमितिको अध्यक्षमा किशोर तिवारी निर्विरोध चयन हुनुभएको छ। त्यस्तै उपाध्यक्षमा मेघराज शाही र रमेश पाठक चयन हुनुभएको छ भने महासचिवमा दामोदर फुयाल निर्वाचित हुनुभएको छ। सचिव पदमा मनिष कुमार बर्देवा, कोषाध्यक्षमा मुकेश खतिवडा र सह–कोषाध्यक्षमा हिरानाथ महर्जन चयन भएका छन्।


केन्द्रीय समितिका सदस्यहरूमा सुजन लामिछाने, प्रमिला पुरी भारती, सुमन थापा, कृष्णहरि सापकोटा, प्रेमप्रसाद शर्मा पौडेल, राधिका शाही, गंगाराम बस्नेत, सुवास थापा, विष्णु अधिकारी र राजकुमार महर्जन निर्विरोध निर्वाचित भएका छन्। नयाँ समितिले संस्थाको संगठनात्मक मजबुतीमा जोड दिने अपेक्षा गरिएको छ।

साधारण सभामा शैक्षिक परामर्श क्षेत्रका वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे व्यापक छलफल गरिएको थियो। सहभागीहरूले क्षेत्रलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन एक्यानले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखेका थिए।
नवनिर्वाचित नेतृत्वले शैक्षिक परामर्श व्यवसायलाई व्यावसायिक मापदण्डअनुसार अघि बढाउँदै सदस्यहरूको हकहित संरक्षण, नीतिगत सुधार र संस्थागत विकासमा सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता जनाएको छ। आगामी कार्यकालमा एक्यानले शैक्षिक परामर्श क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिइएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना ले नगर बाल सञ्जालका प्रतिनिधिहरूसँग बालबालिका तथा युवाहरूक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज