काठमाडौं नौ, ललितपुरमा दुई र भक्तपुरमा एक निर्वाचन क्षेत्रमा महिलालाई निर्वाचन अधिकृत तोकिएको छ। 
काठमाडौंको क्षेत्र नम्बर १ मा काठमाडौं जिल्ला अदालतका न्यायाधीश चुरामान खड्कालाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ। बाँकी नौ क्षेत्रमा महिला छन्। क्षेत्र नम्बर २ मा शान्ति न्यौपाने, ३ मा चमिला भट्टराई, ४ मा कृष्णा भण्डारी, ५ मा श्रद्धा रिजाल, ६ मा चपला पोखरेल, ७ मा सबिता शर्मा, ८ मा सम्झना खनाल, ९ मा मनुका घिमिरे र १० मा अमृताकुमारी शर्मा छन्।
त्यस्तै, ललितपुरको क्षेत्र नम्बर ३ मा न्यायाधीश पुनाराम खनाललाई मुख्य निर्वाचन अधिकृत बनाइएको छ। क्षेत्र नम्बर २ मा सम्झना सिंखडा पुडासैनी र क्षेत्र नम्बर १ मा इशा सुवेदीलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ।
भक्तपुरको क्षेत्र नम्बर १ मा जिल्ला न्यायाधीश नवराज दाहाललाई मुख्य निर्वाचन अधिकृत तथा क्षेत्र नम्बर २ मा राधिका सुवाललाई निर्वाचन अधिकृत खटाइएको छ।
आयोगले आइतबार १६५ क्षेत्रमा निर्वाचन अधिकृत खटाउने निर्णय गरेको छ। ७७ न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तथा न्यायसेवाका अन्य ८८ सहसचिव र उपसचिवलाई निर्वाचन अधिकृतमा खटाइएको हो। २ माघदेखि कार्यालय स्थापना गरी उनीहरूलाई निर्वाचनसम्बन्धी कार्यक्रम सुरु गर्न भनिएको छ।
निर्वाचन कार्यतालिकाअनुसार ६ माघमा प्रत्यक्षतर्फको मनोनयन दर्ता हुँदै छ।

