Advertisement

युवा नेता लोकेन्द्र बहादुर सिंह (एलबी) केन्द्रीय सदस्यका सशक्त आकांक्षी

Advertisement

काठमाडौं: नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नयाँ पुस्तालाई नेतृत्वमा उकास्ने वातावरण बनेको छ । यस्तै परिवेशमा सुदूरपश्चिम, बझाङका युवा नेता लोकेन्द्र बहादुर सिंह (एलबी) केन्द्रीय सदस्यका बलियो दाबेदारका रूपमा उदाएका छन् । अनेरास्ववियुबाट राजनीतिक यात्रा प्रारम्भ गरेका सिंहले संगठन, संघर्ष र जनसम्पर्कमा गरेको दीर्घ योगदानका आधारमा आफू केन्द्रीय नेतृत्वमा अट्ने दाबी गरेका हुन् ।

नेकपा (एमाले)ले यसपटक २५१ सदस्यीय केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवालाई ठूलो संख्यामा समेट्ने नीतिगत तयारी गरेसँगै धेरै युवा आकांक्षीहरू उदाएका छन्। यिनैमध्ये संगठन बनाउन र जनताको प्रश्नमा अविचल उभिन सक्ने क्षमताका कारण एलबी चर्चाको केन्द्रमा छन् ।

स्थानीय भूगोलमै बसेर राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका सिंह निर्धा, बेसहारा तथा श्रमजीवी नागरिकका आवाजका रूपमा चिनिन्छन् । उच्च नैतिकता, संगठन–निर्माण क्षमता र नेतृत्वप्रति निष्ठाका कारण उनलाई ‘पार्टीका लागि भरोसामन्द पिल्लर’ को रूपमा समेत हेरिँदै आएको छ। व्यक्तिगत इमानदारी, सरल व्यवहार र कार्यकर्ताप्रति समर्पणले उनी जनतामा समेत लोकप्रिय छन् ।


को हुन् लोकेन्द्र बहादुर सिंह (एलबी)? – एक सुदृढ राजनीतिक यात्राको दस्तावेज

२०५७ – अनेरास्ववियु प्रारम्भिक कमिटी अध्यक्ष
२०६० – नेकपा (एमाले)को संगठित सदस्यता प्राप्त
२०६१ – पुनः अनेरास्ववियु प्रारम्भिक कमिटी अध्यक्ष
२०६२ – जयपृथ्वी बहुमुखी क्याम्पस, बझाङ स्ववियु सचिव
२०६२–२०६५ – अनेरास्ववियु बझाङ जिल्ला अध्यक्ष
२०६६ – सेती अञ्चल सह–संयोजक
२०६७ – त्रिभुवन विश्वविद्यालय अखिल फोर्स इन्चार्ज
२०६८ – अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य
२०७० – अनेरास्ववियु केन्द्रीय लेखा आयोग सदस्य
२०७२ – अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज
२०७६ – अनेरास्ववियु स्थायी कमिटी सदस्य
२०७८ – अनेरास्ववियु केन्द्रीय कमिटी सचिव तथा सम्पर्क विभाग प्रमुख
२०७८ – नेकपा (एमाले) जिल्ला कमिटी सचिवालय सदस्य, खप्तडछान्ना गाउँपालिका उत्प्रेरक
२०७९ – जिल्ला कमिटी सचिवालय सदस्य तथा खप्तडछान्ना गाउँपालिका इन्चार्ज
२०७९ – खप्तडछान्ना गाउँपालिका अध्यक्ष पदका उम्मेदवार
२०८० – भूमि अधिकार तथा श्रमिक संगठन नेपाल, प्रदेश अध्यक्ष
२०८१ – नेकपा (एमाले) बझाङ जिल्ला सचिवका उम्मेदवार
२०८२ – भूमि अधिकार तथा श्रमिक संगठन नेपाल, केन्द्रीय कमिटी उप–महासचिव
हाल – ११औं महाधिवेशन प्रतिनिधि तथा केन्द्रीय सदस्यका उम्मेदवार


युवा नेतृत्वलाई शक्तिशाली रूपमा अगाडि ल्याउने दलको लक्ष्य र संगठन निर्माणमा एलबीको भूमिकाले महाधिवेशनमा उनको दाबी अझ बलियो भएको विश्लेषण गरिन्छ । बझाङदेखि केन्द्रसम्म सतत सक्रिय रहेका लोकेन्द्र बहादुर सिंह नयाँ पुस्ताको प्रतिनिधि मात्र नभई संगठनिक क्षमता, समर्पण र जनभावनालाई नेतृत्वमा रूपान्तरण गर्न सक्षम व्यक्तित्वको रूपमा उभिएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज