युवा नेता लोकेन्द्र बहादुर सिंह (एलबी) केन्द्रीय सदस्यका सशक्त आकांक्षी
काठमाडौं: नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नयाँ पुस्तालाई नेतृत्वमा उकास्ने वातावरण बनेको छ । यस्तै परिवेशमा सुदूरपश्चिम, बझाङका युवा नेता लोकेन्द्र बहादुर सिंह (एलबी) केन्द्रीय सदस्यका बलियो दाबेदारका रूपमा उदाएका छन् । अनेरास्ववियुबाट राजनीतिक यात्रा प्रारम्भ गरेका सिंहले संगठन, संघर्ष र जनसम्पर्कमा गरेको दीर्घ योगदानका आधारमा आफू केन्द्रीय नेतृत्वमा अट्ने दाबी गरेका हुन् ।
नेकपा (एमाले)ले यसपटक २५१ सदस्यीय केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवालाई ठूलो संख्यामा समेट्ने नीतिगत तयारी गरेसँगै धेरै युवा आकांक्षीहरू उदाएका छन्। यिनैमध्ये संगठन बनाउन र जनताको प्रश्नमा अविचल उभिन सक्ने क्षमताका कारण एलबी चर्चाको केन्द्रमा छन् ।
स्थानीय भूगोलमै बसेर राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका सिंह निर्धा, बेसहारा तथा श्रमजीवी नागरिकका आवाजका रूपमा चिनिन्छन् । उच्च न...

