बझाङ- बझाङको थलारा गाउँपालिका- २ मा ट्याक्टर दुर्घटना भएको छ । केदारस्यूँ गाउँपालिकाको झोताबाट सामान बोकेर रायल हुँदै कफलकाँडा तर्फ गइरहेको सु.प.प्र ०१००२ त ५७२४ नम्बरको ट्याक्टर थलारा २ कफलफाँडा नजिक पारमुल भन्ने ठाउँमा अनियन्त्रित भएर आज साँझ दुर्घटना भएको हो । दुर्घटनामा थलारा गाउँपालिका- २ कफलकाँडाका स्थानीय कौमले खाती र जसे खातीको मृत्युु भएको स्थानीयले जानकारी दिएका छन् । त्यस्तै चालक खुशीराम चौधरी गम्भीर घाइते भएका छन् । ट्याक्टर सडकभन्दा झण्डै एक किलोमिटर तल खसेको वडाध्यक्ष रविन्द्र बहादुर खातीले जानकारी दिए । उनका अनुसार गम्भीर घाइते चालक कैलालीका चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत पठाउने तयारी भइरहेको छ ।

