काठमाडौँ- शीतल निवासमा जारी छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा बिहीबार बसेको बैठकमा कार्कीलाई अन्तरिम सरकारको नेतृत्व हस्तान्तरण गर्ने विषयमा सहमति जुटेको हो। यसअघि जेन–जी समूहतर्फबाट पनि कार्कीको नाम सिफारिस गरिएको थियो।
बैठकमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल, सुशीला कार्की र कानुनविद् ओमप्रकाश अर्याललगायत सहभागी थिए। छलफलमा संसद् विघटनको विषयमा मतभेद देखिए पनि संविधानअनुसार अघि बढ्ने सम्भावित विकल्पबारे विस्तृत चर्चा भएको बुझिएको छ।

