Advertisement

तरकारी खेतीबाट मनग्य आम्दानी, महिनामा ३५ देखि ५० हजार कमाउँछिन् रेनुकला

Advertisement

बढैपुर- कैलालीको गौरीगंगा नगरपालिका-१० उदासीपुरकी रेनुकला चौधरी अहिले ४४ वर्षकी भइन् । ४४ वर्षीया रेनुकला मेहनती तथा साहसी कृषकको नामले परिचित छिन् ।

खेतमा पसिना बगाउँदै उनले परिवारको जीवनस्तर मात्र उकासेकी छैनन्, गाउँकी महिलालाई पनि आत्मनिर्भर बन्न प्रेरित गर्दै आएकी छिन्। कृषि पेशाबाटै उनले मनग्य आम्दानी गर्दै आएको उनका छिमेकीहरू गर्वका साथ सुनाउँछन्।”

पेशाले उनी एक स्वयंसेवीका समेत हुन् ,विभिन्न दु:ख कष्टकर जीवनसंग सामना गर्दै आएकी रेनुकला अहिले भने खुसी देखिन्छिन्।

रेनुकला बिहान सबेरै उठेर रात नपरुन्जेल खेतबारीमै व्यस्त रहन्छिन्। “मलाई फुर्सद हुँदैन, मेरो दिन गोडमेल, मलजल र तरकारी संकलनमै बित्छ,” उनी भन्छिन्। उनलेे २०७७ सालदेखि निरन्तर रुपमा तरकारी खेती गर्दै आएकी छन् । व्यक्तिगत लगानीबाट सुरुवात गरेको तरकारी खेती अहिले आम्दानीको स्रोत बनेको छ ।

तरकारी फलाउन मेहनत धेरै गर्नुपर्छ, समय नि धेरै लाग्ने गरेको उनको भनाइ छ । उनलाई काम गर्न भने त्यती गाह्राे छैन , श्रीमान् तिलाराम चौधरीको साथले सहज छ । तिलारामले उनलाई हरेक कार्यमा सघाउँछन्, त्यसैकारण काम गर्ने उत्साह बढेको रेनुकला गर्वका साथ भन्छिन् ।

रेनुकलाले दर्ता गरेको हरियाली कृषक समूह मार्फत उनी बारीमा सिजनअनुसारका तरकारी उत्पादन गर्छिन्।। अहिले उनको बारीमा बोर्डी, काक्रा,तोरिया, फर्सी,चिचिन्ना लगायतका तरकारी लटरम्म फलेका छन् । त्यस्तै रेनुकलाले अन्य सिजनमा खुर्सानी, टमाटर, आलु, गोपी लगायतका तरकारी फलाउँदै आएकी छन् ।

दुई छोरासहितको चार जनाको परिवार पाल्दै आएकी रेनुकला भन्छिन्– मान्छे अरुको देशमा गएर कमाउने कमाइभन्दा अरुको देखासिकीबाट सुरुवात गरेको तरकारी खेती मार्फत मनग्य आम्दानी गर्दै आएकी छु, रेनुकलाले भनिन् , अहिले तरकारी बेचेरै महिनाको ३५ देखी ५० हजार सम्मको आम्दानी हुन्छ ।

तर, बजार व्यवस्थापन भने ठूलो चुनौती बनेको छ। कतैबाट बजारीकरणको व्यवस्था गरिदिए राम्रो हुन्थ्यो । सधैं सामान तयार गर्छु , त्यसपछि सबै तिर फोन छु, आवश्यक परेको ठाउँमा पठाउँछौ, यदि कतैबाट पनि माग आएन भने तरकारी कुहिने अवस्था आउँदा चिन्ता हुने गरेको उनी सुनाउँछिन्।  त्यसकारण उनलेे स्थानीय तहबाट कृषि सामाग्री संकलन केन्द्र स्थापनाको माग राख्दै आएकी छिन् ।

रेनुकलाको मेहनत र आत्मनिर्भरताको उदाहरण अहिले गाउँमै सीमित छैन। जनप्रतिनिधि र स्थानीयवासीले उनलाई साहसी महिला किसानको रूपमा सम्मान गर्ने गरेका छन्। उनको प्रेरणाले अन्य महिलाहरू पनि तरकारी खेतीमा आकर्षित हुन थालेका छन्।

व्यक्तिगत लगानीमा सुरु तरकारी खेतीमा गत वर्ष नगरपालिकाले पनि सहयोग गरेको छ । नगरपालिकाले गत वर्ष उनलाई फलामे टनेल सहयोग गरेको थियो भने दिगो विकास समाज भजनिले स्प्रे ट्यांक, केरेट र प्लास्टिक जस्ता सामग्री उपलब्ध गराएको छ। यस सहयोगले व्यवसायमा सहजता आएको उनी बताउँछिन्।

अरुको देश गएर रगत पसिना बगाउनु भन्दा आफ्नै देशमा केही गर्न सुझाव दिँदै, रेनुकलाले महिलाहरूलाई अरुको भरमा पर्नु भन्दा पनि आफै केही गर्न अनुरोध गर्छिन् ।

उनलेे आफू सँग लगानी नहँदा व्यवसाय बढाउन नसकेको समेत बताइन् । मैले योभन्दा बढी तरकारी खेती गर्ने मनसाय गरेकी थिए , तर लगानी नहुँदा यसैमा चित्त बुझाएकी छु, कतैबाट सहयोग पाए व्यवसाय बढाउने चाह छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना ले नगर बाल सञ्जालका प्रतिनिधिहरूसँग बालबालिका तथा युवाहरूक...
बझाङको बित्थडमा प्रथम वडाध्यक्ष कप २०८३ क्रिकेट प्रतियोगिता हुँदै ,  प्रथम पुरस्कार ५५ हजारभन्दा बढी

बझाङको बित्थडमा प्रथम वडाध्यक्ष कप २०८३ क्रिकेट प्रतियोगिता हुँदै , प्रथम पुरस्कार ५५ हजारभन्दा बढी

बझाङ- बझाङको बित्थडमा प्रथम वडाध्यक्ष कप २०८३ क्रिकेट प्रतियोगितामा हुनेभएको छ । बित्थडचिर गाउँपालिका वडा नं. १ को आयोजनामा आगामी...
बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज