Advertisement

मृतक परिवार ठगेको आरोपमा व्यापारी मल्ल पक्राउ

Advertisement

बझाङ- बझाङका ठूला व्यापारी सुरत बहादुर मल्ल पक्राउ परेका छन्। मृतकको परिवारलाई ठगेको आरोपमा उनी पक्राउ परेका हुन् ।
अहिले उनलाई पिडितकाे उजुरीका आधारमा सदरमुकाम चैनपुरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
प्रहरीका अनुसार केही समयअघि जिल्लाको झनाना भएको ट्याक्टर दुर्घटनामा जाजरकोटका लोकेन्द्र घर्ती र सञ्जय बुढाको मृत्यु भएको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालयमा ट्याक्टरधनी र ठेकेदारले मृतकका परिवारलाई जनही पाँच लाख रुपैयाँ दिने सम्झौता भएको थियो।
पीडित परिवारले जनही पाँच लाखको चेक पाए पनि, प्रशासनको गेटभन्दा तल पुग्नेबित्तिकै मल्लले चेक खोस्न लगाएको र मात्र दुई–दुई लाख रुपैयाँ बुझाएको आरोप लगाएका छन्। बाँकी रकम नदिएर उल्टै धाकधम्की र कुटपिट गरेको भन्दै मृतकका बुवा तुले घर्ती र कृष्ण बहादुर बुढाले उजुरी दिएका हुन्।
प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठीले पीडितलाई न्याय दिलाउने र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्। घटनामा संलग्न अरुण थपलियाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

धनगढी- कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी तथा खेल प्रतिभालाई लक्षित गर्दै भक्तपुरमा ‘प्रथम कर्णाली फुटसल कप २०८३’ आयोजना हुने भ...
प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सचिवालयमा २७ जनालाई नियुक्त गरेको खुलेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांस...
कैलालीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

कैलालीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको जोशीपुर गाउँपालिका-३ लक्कड नि...
कैलालीमा एकैदिन लागूऔषधसहित १५ जना पक्राउ

कैलालीमा एकैदिन लागूऔषधसहित १५ जना पक्राउ

धनगढी- कैलाली प्रहरीले जिल्लाका विभिन्न स्थानमा शुक्रबार गरेको छुट्टाछुट्टै कारबाहीका क्रममा लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज