Advertisement

केदार मन्दिर मेला स्थगन : कोही समर्थनमा, कोही विरोधमा- कारण यस्तो छ

Advertisement

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाको केदार डाँडामा अवस्थित मुख्य धार्मिक आस्थाको केन्द्र र सांस्कृतिक गौरवको प्रतीक केदार मन्दिर अहिले चर्चामा छ। केदार मन्दिर निर्माणाधीन अवस्थामा रहेकाले गाउँपालिकाले हरेक वर्ष श्रावण जनैपुर्णिमाका दिन लाग्ने मेला स्थगित गरियो भन्ने सूचना जारीगरेपश्चात अहिले यो विषय चर्चामा आएको हो ।
यो चर्चा आस्थाका कारण हो कि असन्तुष्टिका? भन्न गाह्रो छ। तर यथार्थमा, यो मन्दिर निर्माण सजिलो छैन। बाटो छैन, साधन छैन, ढुंगा जुटाउनको लागि पनि घण्टौं हिँड्नु पर्ने। त्यस्तो स्थानमा श्रद्धा, साहास र समर्पणको बलमा मन्दिर निर्माण गर्नु भनेको सामान्य काम पक्कै होइन।
तर यिनै असाध्य परिश्रम गर्ने निर्माणकर्ता रकेदारस्यु गाउँपालिका लाई हामी कसरी हेर्दै छौं?
कतिपयले मन्दिरको पूजाआजा रोकिएको भनेर आवाज उठाइरहेका छन्।
केदार मन्दिरको निर्माण कार्य अपूर्ण रहँदा जनैपूर्णिमाको पूजामा रोक लगाउने निर्णय सार्वजनिक भएपछि भक्तजन मात्र होइन, राजनीतिक झुकाव राख्ने व्यक्तिहरूबाट पनि सामाजिक सञ्जालमा टीका टिप्पणीको ओइरो लागेको छ।

पूजा रोक्ने निर्णयप्रति आपत्ति, भक्तजन आक्रोशित
परम्परागत रूपमा जनैपूर्णिमाका दिन गरिँदै आएको केदार मन्दिरको पूजा–आराधनामा रोक लगाइएको भन्दै स्थानीय भक्तजन तथा श्रद्धालुहरूले तीव्र आपत्ति जनाएका छन्। मन्दिरको निर्माण कार्य अधूरो भएको बहानामा पूजामा रोक लगाइनु अनुचित भएको उनीहरूको तर्क छ।
भक्तजनहरूका अनुसार पूजा देवताप्रति गरिने हो, मन्दिरको स्वरूप कस्तो छ भन्नेभन्दा आस्था महत्वपूर्ण हो। “देवताको झुपडी वासस्थानलाई महलमा रूपान्तरण गर्ने प्रयासलाई हृदयदेखि नमन छ, तर सुद्ध मनको सुद्ध कामनाबाट कुनै पनि भक्तजन वञ्चित हुनु हुँदैन,” एक भक्तजनको भनाइ छ।
केदारस्यूँ गाउँपालिकाले मन्दिर क्षेत्रमा जात्रा वा मेला भनी सूचना जारी गर्दै पूजामा रोक लगाएको भन्ने आरोपसमेत भक्तजनले लगाएका छन्। उनीहरूको भनाइमा, “परापूर्वकालदेखि पुर्खाहरूले पूजा गर्दै आएको श्री केदार देवताको पूजामा भ्रम फैलाएर अवरोध सिर्जना गर्नु सरासर गलत हो।”
मन्दिरको निर्माण सम्पन्न नभए पनि परम्परागत पूजाआजा रोक्नु गलत हुने जनमत देखिएको छ। सुरक्षाको चासो हो भने सुरक्षाकर्मी खटाएर भए पनि श्रद्धालुको भावना र आस्थामा आँच आउन नदिनुपर्छ,” अर्का भक्तजनले बताए।
केही स्थानीयले भने मेला–जात्राको रूपमा भीडभाड गर्नुभन्दा भक्तजनको व्यक्तिगत आस्था र पूजा व्यवस्थापनमै ध्यान दिनुपर्नेमा जोड दिएका छन्। “मेला होइन, धार्मिक स्थल हो। पूजा गर्न रोक्ने होइन, सहज बनाउने हो,” उनीहरूले भने।
पुजारी नहुँदा घरबाट घिउ लिएर ढुंगामा खन्याउँदै पूजा गरिएको इतिहास पनि स्मरण गर्दै स्थानीयले पूजामा रोक लगाउनु परम्परा र आस्थामाथिको चोट भएको बताएका छन्।
उनीहरूका अनुसार, “पुजारीले पूजामा सहभागी हुन पाउनुपर्छ र भक्तजनले पूजा गर्न पाउनुपर्छ। पूजा रोक्नु धार्मिक संस्कारको उपहास हो।

मन्दिर निर्माणमा सहयोगको खाँचो, अनावश्यक टिप्पणी रोक्न आग्रह

जनैपूर्णिमामा पूजा गर्न नपाइने विषयमा सामाजिक सञ्जालमा आएका टिप्पणीहरूप्रति केही स्थानीयले असन्तुष्टि जनाएका छन्। उनीहरूको भनाइमा, पूजा रोकिने नभई मन्दिर निर्माण अपूर्ण भएकाले असहजता हुन सक्ने सूचना मात्रै दिइएको हो।
“पूजा कसैले रोकेर रोकिँदैन, त्यो त आस्था र मनको शुद्धिमा टेकेर हुने कुरा हो,” एक स्थानीय श्रद्धालुले बताए। उनका अनुसार, जो कोही पनि केदारको नाममा बत्ती बालेर, शुद्ध मनले पूजा गरेर फर्कन सक्छन्। त्यो व्यक्तिगत श्रद्धाको विषय हो, जसलाई कसैले रोकेको छैन।
स्थानीय सरकारको भूमिकालाई लिएर भएको आलोचना सन्दर्भमा उनीहरूको भनाइ छ, “त्यो स्थानमा न पानी छ, न ढुंगा सजिलै पाइन्छ, न त सहज यातायात सुविधा नै। त्यस्तो कठिन भूगोलमा हालको गाउँपालिका नेतृत्वले जुन काम अगाडि बढाएको छ, त्यो प्रशंसायोग्य छ।”
निर्माण कार्यमा केही ढिलाइ र कमजोरी हुन सक्ने स्वीकारोक्ति दिँदै उनीहरूले अब आलोचनाभन्दा पनि साथ र सहयोग आवश्यक रहेको बताएका छन्। “आलोचना गर्नभन्दा छिटो कसरी सकिन्छ भन्नेमा लाग्नुपर्छ। हामी सबैको आस्था गाँसिएको स्थानमा सकारात्मक भूमिका खेल्नु नै राम्रो हो,” उनीहरू भन्छन्।
साथै, सामाजिक सञ्जालमा अनावश्यक टीकाटिप्पणी गरेर काम गरिरहेका व्यक्तिहरूलाई निरुत्साहित गर्ने प्रवृत्तिप्रति पनि चिन्ता व्यक्त गरिएको छ। यस्तै

नेपाल दूरसञ्चार प्राधिकरणले मन्दिरको ९०% भन्दा बढी थलो प्रयोग गरेको, दुई विशाल भवन, टावर र सोलार प्यानलले मन्दिरको वातावरणमा असहजता बढाएको भन्ने गुनासो आएको छ। यदि साँच्चै आवाज उठाउनु छ भने, प्राथमिकता यही हुनु पर्ने होइन र?
तिनले धार्मिक स्थानमा यस्तो हस्तक्षेप गर्दा श्रद्धालुहरूलाई असुविधा पुर्‍याएका छन् भने, आवाज उठाउनु जायज हुन्छ। तर यत्रो कठिनाइबीच आस्थाको मन्दिर निर्माण गर्न सक्नेहरूलाई किन दोष दिने?
त्यसो हुँदा हुँदा पनि, टाढाको असहज स्थानमा मन्दिर निर्माण गर्नु, साधन अभावमा काम अगाडि बढाउनु, सामाजिक र धार्मिक परम्परालाई समेत ख्याल राख्नु – यी सबै काम गर्नेहरूको सम्मान गरिनुपर्छ। समालोचना गर्नु सजिलो छ, तर त्यसका पछाडि के तथ्य छन्, के सन्दर्भ छ भन्ने नबुझी हचुवाको भरमा टिप्पणी गर्नु विवेकपूर्ण होइन।

पूजा स्थगन धार्मिक विधिअनुसार गरिएको हो, विरोध होइन सहयोग गरौँ” — अध्यक्ष बोहरा
गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराले केदार मन्दिरमा जनैपूर्णिमाको पूजालाई स्थगन गर्नु धार्मिक परम्पराअनुसार आवश्यक विधि पूरा गर्नका लागि गरिएको बताएका छन्। उनका अनुसार, पूजा रोकिएको नभई नयाँ मन्दिर निर्माणपछि अनिवार्य रूपमा गरिनुपर्ने शास्त्रीय विधि सम्पन्न गर्न समय अभाव भएको कारण पर्व स्थगन गरिएको हो।
अध्यक्ष बोहराले स्पष्ट पारे, “धूप–बत्ती बाल्ने, देवताप्रति श्रद्धा व्यक्त गर्ने कुरामा कसैले प्रतिबन्ध लगाएको छैन। भक्तजनले आफ्नो आस्थाअनुसार पूजा गर्न सक्नेछन्।”
उनका अनुसार, नयाँ मन्दिर निर्माणपछि गर्नुपर्ने धार्मिक विधिहरू — भूमि शुद्धिकरण, वास्तु पूजन, प्राण प्रतिष्ठा, अभिषेक, दिव्य पूजा, क्षमा याचनादेखि भोज तथा मेलासम्मका प्रक्रिया — विधिपूर्वक सम्पन्न गर्नुपर्ने हुन्छ, जुन मन्दिरको पवित्रता र देवताको आव्हानसँग सम्बन्धित हुन्छ।
“समयको अभाव र तयारी अपूर्ण भएकाले हामीले २४ गतेको पूजा विधिवत रूपमा स्थगन गरेका हौं, यो विरोधको कारण होइन,” अध्यक्ष बोहराले बताए।
उनले मन्दिर निर्माणमा आएको प्रगतिको चर्चा गर्दै भने, “अहिलेको पालिका नेतृत्वले केदार मन्दिर मात्र होइन, कैलाश, भैरव, त्रिवेणी मन्दिर र अन्य संरचनाहरू समेत समेटिने ‘चारधाम धार्मिक तथा पर्यटन विकास कार्यक्रम’ अघि सारेको छ, जुन बझाङका लागि ऐतिहासिक हुनेछ।”
कार्यक्रमले धार्मिक आस्था, सांस्कृतिक जगेर्ना, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र क्षेत्रीय समावेशी विकासमा योगदान दिने अपेक्षा गरिएको छ।
“हामीले गरेको प्रयास तपाईं–हामी सबैको साझा सपना हो। त्यसैले विरोध होइन, आवश्यक सल्लाह र सकारात्मक सोचका साथ सहयोग गरिदिनुहुन सबैलाई आग्रह गर्दछु,” अध्यक्ष बोहराले भने।

“चारधाम धार्मिक तथा पर्यटन विकास कार्यक्रम” अन्तर्गत पहिलो चरणमा केदार मन्दिर तथा यसको परिसरको निर्माण कार्य निरन्तर रूपमा अगाडि बढिरहेको जनाइएको छ ।
अध्यक्ष बोहराका अनुसार, आर्थिक वर्ष २०८१/०८२ बाट मन्दिर निर्माण कार्य सुरू गरिएको हो। हाल निर्माण कार्य तीव्र गतिमा भइरहेको छ भने पूर्णरूपमा सम्पन्न हुन अझै करिब दुई महिना लाग्ने अनुमान गरिएको छ।
“केदार जस्तो दुर्गम तथा उच्च भूभागमा मन्दिर निर्माण गर्नु आफैंमा चुनौतीपूर्ण कार्य हो। भौगोलिक कठिनाइ, यातायात र स्रोत–साधनको अभावका बीचमा पनि निर्माणलाई यो अवस्थामा ल्याउन सकेका छौं,” अध्यक्ष बोहराले बताए।
यस अभियानमा साथ र सहयोग पुर्‍याउँदै आएका उपभोक्ता समिति, स्थानीयवासी तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै, उनले थपे, “आजको अवस्थासम्म पुग्न जस–जसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुभयो, सम्पूर्णलाई गाउँपालिकाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज