Advertisement

कञ्चनपुरमा कृषि उपकरणको नाममा ठगी, किसानको तालाबन्दी

Advertisement

कञ्चनपुर- अनुदानमा कृषि सामग्री उपलब्ध गराउने भन्दै ठगिएका किसानहरूले कञ्चनपुरको लालझाडीस्थित दुई सहकारी कार्यालयमा तालाबन्दी गरेका छन्।

अनमोल कृषि सहकारी र दोदा साना किसान सहकारीले सुरो नेपाल नामक गैरसरकारी संस्थाको सहकार्यमा ५० प्रतिशत अनुदानमा पावरटिलर, पानी तान्ने मोटर र चारा मेसिन दिने भन्दै साढे तीन सय किसानबाट अढाई करोड रुपैयाँ संकलन गरेका थिए।

तर, एक वर्षसम्म न त उपकरण प्राप्त भए, न त पैसा फिर्ता, जसपछि आक्रोशित किसानहरूले बुधबार सहकारीमा तालाबन्दी गरेका हुन्।

गत वर्ष अनमोल सहकारीले ११० किसानबाट ४८ लाख ४६ हजार र दोदा साना किसान सहकारीले २५० किसानबाट एक करोड ९३ लाख रुपैयाँ संकलन गरेका थिए।

कृषि सामग्री खरिदका लागि किसानहरूले कृषिउपज बिक्री, ऋण र आफन्तबाट सहयोग लिएर रकम तिरेका थिए। तर बारम्बार माग्दा पनि पैसा नपाएपछि किसानहरू समस्यामा परेका छन्।

किसान अर्जुन चौधरीले “धेरैपटक माग्दा पनि केही नदिएपछि बाध्य भएर तालाबन्दी गरेका हौं,” भने। अर्का किसान खडक रानाले “आधुनिक कृषि गर्न खोज्दा झन् धोका पाएँ,” भनी गुनासो गरे। स्थानीय रतनसिंह रानाले सुरो नेपालका कर्मचारीहरूले किसानको रकम उठाएर विदेश घुमेको दाबी गरेका छन्।

कञ्चनपुर प्रहरी प्रवक्ता सागर बोहराले ठगीसम्बन्धी अनुसन्धान जारी रहेको बताए। उनका अनुसार सुरो नेपालका अध्यक्ष सुशीला खड्का र सहयोगी सुनिता चौधरी पुर्पक्षका लागि थुनामा छन्। सहकारीबाट टीकाराम चौधरी र नवराज ओझाविरुद्ध पनि उजुरी परेको छ।

यसैबीच, सुरो नेपालको नाममा कैलाली जिल्लाका किसानहरू पनि ठगिएको उजुरी परेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज