Advertisement

एक वर्षमै सुदूरपश्चिममा १० अर्ब बराबरको पूर्वाधार निर्माण

Advertisement

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा १० अर्ब एक करोड रुपैयाँ बराबरको भौतिक पूर्वाधार निर्माण गरेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर नरेश शर्माका अनुसार सडक, भवन, पुल, तटबन्ध, कुलो, सिँचाइ, खेलमैदानलगायत संरचना निर्माणमा उक्त खर्च भएको हो।

मन्त्रालयका अनुसार सो अवधिमा १०६ किलोमिटर कालोपत्रे, १०३ किलोमिटर ग्राभेल, १४७ किलोमिटर माटे सडक निर्माण गरियो। छवटा सडक पुल र छवटा सरकारी तथा सामुदायिक भवन निर्माण भएको छ।

आवास तथा खेलकुद पूर्वाधारमा समेत प्रगति

जनताको आवास कार्यक्रम अन्तर्गत ११० वटा निजी र तीनवटा एकीकृत आवास निर्माण भएको छ। साथै, २७ वटा सरकारी तथा सामुदायिक भवन मर्मत, दुईवटा कभर्डहल, तीनवटा पार्क, र १० वटा खेलमैदान बनाइएको मन्त्रालयले जनाएको छ।

सिँचाइ र तटबन्ध विस्तारमा जोड

२६ किलोमिटर तटबन्ध निर्माण गरिएर ३७ हेक्टर जमिन नदी कटानबाट जोगाइएको छ। साथै, १३ हजार ९४७ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरिएको छ। यसमा २४१ किलोमिटर पक्की कुलो, दुई किलोमिटर कच्ची कुलो, ३२ डिप ट्युबेल, १६६ सिँचाइ पोखरी र ७६ किलोमिटर पाइपलाइन निर्माण समावेश छन्।

गत आवमा मन्त्रालयका लागि विनियोजन गरिएको १४ अर्ब ४१ करोड बजेटमध्ये चार अर्ब रुपैयाँ खर्च हुन नसकेको पनि मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज