Advertisement

बझाङको ‘मिनी खप्तड’- बित्थडको सरसफाइ, पर्यटकको आकर्षण बढ्दै

Advertisement

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–१ मा अवस्थित पर्यटकीय स्थल मिनी खप्तड का रूपमा परिचित माथिल्लो बित्थड क्षेत्रमा सरसफाइ गरिएको छ। पर्यटकीय महत्व बोकेको यो क्षेत्र फोहोर तथा दुर्गन्धित बन्दै गएकाले सरसफाइ अभियान सञ्चालन गरिएको हो।
शनिबार बित्थडचिर गाउँपालिका–१ का अध्यक्ष मानबहादुर बोहरा (मन्नो) को अगुवाइमा सरसफाइ गरिएको हो । कार्यक्रममा वडा नं. ४ का अध्यक्ष कलक बहादुर बोहरा, वडा नं. ६ का अध्यक्ष हरिश खड्का, अन्य जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जिल्ला खेलकुद समितिका पदाधिकारी, व्यापारी तथा स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो।
वडाध्यक्ष बोहराका अनुसार केही दिनअघि सम्पन्न क्रिकेट प्रतियोगितापछि क्षेत्रमा संकलित फोहोर व्यवस्थापन गरी बित्थडलाई स्वच्छ र आकर्षक बनाइएको हो।
पछिल्लो समय बित्थड आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएको छ। दैनिकजसो १०० भन्दा बढी पर्यटकहरू यो क्षेत्रमा घुम्न आउने गरेका छन्। खासगरी स्थानीय तहका टोलिहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधि, विद्यालयका विद्यार्थी समूह तथा रमाइलोका लागि आउने पर्यटकहरू यहाँ आउने गरेका छन्।
जयपृथ्वी राजमार्गबाट करिब १ किलोमिटर दूरीमा अवस्थित बित्थडको प्रमुख आकर्षणमा हराभरा वनजंगल, पुराना मठमन्दिर, ऐतिहासिक भाडी गुफा, सर्लक्क परेको भू–भाग र मनोरम पार्क रहेका छन्। यिनै विशेषताहरूले पर्यटकको मन तान्ने गरेको छ।
गाउँपालिकाले बित्थडलाई व्यवस्थित पर्यटकीय गन्तव्य बनाउन विभिन्न भौतिक संरचना निर्माणको कार्य अघि बढाएको छ। स्थानीयको सक्रियता र स्थानीय सरकारको पहलले बित्थड निकट भविष्यमै बझाङकै प्रमुख पर्यटनस्थलको रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज