Advertisement

आगलागीबाट पूर्ण रूपमा नष्ट भएको हुनैनाथ गार्मेन्ट उद्योगको केदारस्यूँ गाउँपालिकाको टोलीद्वारा स्थलगत निरीक्षण

Advertisement

बझाङ- केदारस्यूँ गाउँपालिका–४ बागथला बुङ्गल रोड डडियामा रहेको हुनैनाथ गार्मेन्ट उद्योगमा गएराति भीषण आगलागी हुँदा उद्योग पूर्ण रूपमा नष्ट भयो । आगलागी राति १२:४५ बजे सुरु भएको थियो। आगलागीबाट करिब १ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
घटनाको खबर प्राप्त हुनासाथ गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराको नेतृत्वमा रहेको टोलीले आज बिहानै स्थलगत निरीक्षण गरेको छ। निरीक्षण टोलीमा उपाध्यक्ष मनिषा धामी, निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज भट्ट, प्रशासकीय अधिकृत धनराज जोशी,शिक्षा शाखाका हिम्मत भण्डारी लगायत सहभागी थिए।
जिल्लामै नमुना उद्योगका रूपमा विकास भइरहेको हुनैनाथ गार्मेन्ट उद्योगमा ९ जना स्थायी कामदार कार्यरत थिए, जसमा ४ जना कर्मचारी र बाँकी ५ जना उद्योग सञ्चालकका परिवार सदस्य रहेका छन्। २०७२ सालदेखि सञ्चालनमा आएको उद्योगले सबै खाले आवश्यक पोशाक उत्पादन गर्दै आएको थियो। आगलागीबाट सम्पूर्ण संरचना र उत्पादन सामग्री जलेर नष्ट भएको उद्योग सञ्चालक पुष्पराज भट्टले बताएका छन्।
निरीक्षणका क्रममा पालिका अध्यक्ष बोहराले आगलागीपीडितलाई राहत उपलब्ध गराउने विषयमा पालिकाको कार्यपालिका बैंठक राखी निर्णय गरिनेछ। साथै, जिल्लाको नमुना उद्योग भएकाले राहत र पुनर्निर्माणका लागि पालिकाले अन्य सरोकारवाला निकायसँग समेत सहकार्यको अपिल गरेको छ।
गाउँपालिकाले यस्ता विपद्‌का बेलामा सबै सरोकारवालालाई सहकार्यका लागि आग्रह गरेको छ। अध्यक्ष बोहराले भने, “गाह्रोमा साथ दिने संस्कारलाई बलियो बनाऔं, मलमको खाँचो भएको आलो गाउँमा सबैले सहयोग पुर्‍याउनु हाम्रो जिम्मेवारी हो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज