Advertisement

बालमन्दिर विद्यालयमा अभिभावक–शिक्षक बृहत अन्तरक्रिया सम्पन्न

Advertisement

उत्तमकुमार थापा, बझाङ

बझाङ जिल्लाको चैनपुरस्थित बालमन्दिर आधारभूत विद्यालयमा अभिभावक र शिक्षकबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा शैक्षिक बहस, विद्यालयको गतिविधि, विद्यार्थी सुधार गर्नुपर्ने पक्ष लगायतका विषयमा खुला छलफल गरिएको थियो।

सुदूरपश्चिम प्रदेशको नमुना विद्यालयको रूपमा परिचित यस विद्यालयले गुणस्तरीय शिक्षामा निरन्तर सुधार गरिरहेको छ। सरकारी विद्यालयहरूमा विद्यार्थी संख्या घट्दै गएको समयमा पनि बालमन्दिर आधारभूत विद्यालयमा हाल एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

जयपृथ्वी नगरपालिकामात्र होइन, जिल्ला स्तरीय शैक्षिक उपलब्धिमा समेत अग्रणी रहेको विद्यालयले स्थानीय सरकारद्वारा लिइएको परीक्षामा सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण गराएको हो।

विद्यालयका शिक्षकहरू अनुशासनमा विशेष ध्यान दिने गरेका छन्। समयमै विद्यालय नआएका विद्यार्थीलाई विद्यालय प्रवेश गर्न नदिइ फर्काउने प्रचलन समेत छ।

विद्यालयका प्रधानाध्यापक टेकबहादुर सिंहका अनुसार, “भूकम्पका कारण विद्यालयको भवन भत्किएपछि विद्यार्थी बस्ने स्थान अभाव हुँदा शिक्षणमा केही कठिनाइ भोगिएको छ।”

उनले समाजसेवी दलबहादुर बिष्ट कृष्णप्रति कृतज्ञता व्यक्त गर्दै भने, “हाम्रो विद्यालयका पहिलो भगवान बिष्ट कृष्ण नै हुन्। उहाँले विद्यालयलाई ५ रोपनीभन्दा बढी जग्गा निःशुल्क रूपमा केही समयका लागि पठनपाठनको सहयोगस्वरूप उपलब्ध गराउनु भएको छ।”

बिष्टले यसअघि पनि सत्यवादी माध्यमिक विद्यालयलाई जनप्रतिनिधि हुँदा १५ लाख रुपैयाँ सहयोग गरेका थिए।

कार्यक्रमको अन्तरक्रिया सत्रमा धेरै अभिभावकले शिक्षकहरूलाई प्रश्न गर्न नसकेको तथा अभिभावकको भूमिका अझ सक्रिय हुनुपर्ने धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर बिष्ट कृष्णको अध्यक्षता, जयपृथ्वी नगरपालिका वडा नं. १० का अध्यक्ष पुष्प सिंहको प्रमुख आतिथ्यता, वडा नं. ११ का अध्यक्ष तथा युवा नेता सर्जन थापाको विशिष्ट आतिथ्यता रहेको थियो।

वडा अध्यक्ष थापाले बालमन्दिर विद्यालयलाई माध्यमिक तहमा स्तरोन्नति गर्नुपर्नेमा जोड दिँदै आफू पूर्ण समर्थन रहने बताएका थिए।

कार्यक्रमको सञ्चालन शिक्षक केशव जोशीले गरेका थिए। कार्यक्रममा एघार सदस्यीय नयाँ अभिभावक समिति समेत गठन गरिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज