Advertisement

विद्यालय सुधार योजना निर्माण तथा अध्यावधिक सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न

Advertisement

बझाङ: विद्यालय सुधार योजना (एस.आइ.पि) अध्यावधिक सम्बन्धी दुई दिने कार्यशाला जयपृथ्वी नगरपालिकामा सम्पन्न भएको छ । जयपृथ्वी नगरपालिका अन्तर्गत विभिन्न २० वटा विद्यालयका शिक्षकहरुको सहभागीतामा भएको दुई दिने कार्यशाला विहिबार सम्पन्न भएको हो ।

समावेशी तथा गुणस्तरिय शिक्षा परियोजना अधिकृत बासु ओझाले विद्यालयमा विद्यालय सुधार योजना (एस.आइ.पि) निर्माण गर्न सहयोग पुग्ने उदेश्यका साथ कार्यशालाको आयोजना गरिएको बताए ।

विद्यालयहरु भरखरै खुलेका र एस.आइ.पि निर्माण गर्न अनुकुल समय भएकाले विद्यालय सुधार योजना (एस.आइ.पि) अध्यावधिक सम्बन्धी दुई दिने कार्यशाला आयोजना गरिएको ओझाको भनाई छ ।

आर्थिक लगानीले मात्र विद्यालय सुधार गर्न नसकिने बताउँदै विद्यालय सुधारका लागी आवश्यक पुर्वाधारका साथै विभिन्न योजना निर्माण गर्नुपर्ने प्रगतिशिल युवासमाजका कार्यकारी निर्देशक लवराज जोशीले बताए ।

अब बन्ने योजनाहरुमा आपतकालीन शिक्षाको योजना, बिपत योजना, स्टिम शिक्षा, ग्रिन स्कुल जस्ता विषयहरु प्रभावकारी बनाउनका लागि योजनामा समेट्न जरुरी रहेको जोशीको भनाई छ ।

उनले भने, ‘योजनाहरुको सफल कार्यान्वयन गर्न र चुस्त दुरुस्त राख्नका लागि सम्पन्न कार्यशालाले थप सहयोग पुर्याउने र विद्यालय तहको शैक्षिक गुणस्तर बृद्दि गर्नका लागि शिक्षकहरुको क्षमता विकास र स्थानीय तहको नीति तथा योजनाहरुमा समेत सहयोग पुर्याउने छ ।’

कार्यशालामा योजना निर्माणमा नीतिगत व्यवस्था, विद्यालय सुधार योजनाका अनुभव र अभ्यास, विद्यालयको लक्ष्य, उद्देश्य, आवश्यकता विष्लेषण, विद्यालय सुधार योजना लगायतका विषयमा छलफल गरिएको छ ।

प्रगतिशील युवासमाजले विद्यालयको सर्वाङीण बिकासमा महत्वपूर्ण भुमिका खेलेको र सोही अनुरुप यस्ता गतिविधि सन्चालन गर्दै आएको प्रगतिशिल युवासमाजका कार्यक्षेत्र अधिकृत शिबराज रोकायाले बताए । आगामी दिनमा शैक्षिक उपलब्धि सुधार गर्न समेत सघाउ पुग्ने उदेश्यले कार्यक्रम सन्चालन गरेको समेत रोकायाको भनाई छ ।

कार्यशालामा सहभागी शिक्षकहरूले आ–आफ्नो विद्यालयको वर्तमान अवस्था, चुनौती र सुधारका उपायहरूबारे समूहगत छलफल गरेका थिए । नगरपालिका शिक्षा शाखा संयोजक निरजप्रसाद रेग्मीले विद्यालय सुधार योजना निर्माणको महत्व, तर्जुमा प्रक्रिया र कार्यान्वयन रणनीतिको सम्बन्धमा सहभागीहरुलाई बताएका थिए ।

रेग्मीले नमुना योजना तयार गरेर सहभागी विद्यालयलाई वितरण गरेको र विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागी आवश्यक क्रियाकलाप समावेश गरी जेठ भित्र आफ्नो विद्यालय सुधारको योजना सम्वन्धीत निकायमा पेस गर्न समेत जानकारी दिएका छन् ।

कार्यक्रमको समापन समारोहमा बोल्दै प्रगतिशिल युवासमाजका अध्यक्ष रमेश केसीले विद्यालय सुधार योजनालाई व्यवहारमा उतार्न शिक्षक, विध्यार्थी र अभिभावकको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए । योजना तर्जुमा तथा कार्यान्वयनमा पारदर्शिता, समावेशिता र गुणस्तरको मापदण्ड पालना गर्नुपर्नेमा अध्यक्ष केसीले जोड दिएका छन् ।

विद्यालय सुधार योजना निर्माण तथा अध्यावधिक सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न
बझाङ
विद्यालय सुधार योजना (एस.आइ.पि) अध्यावधिक सम्बन्धी दुई दिने कार्यशाला जयपृथ्वी नगरपालिकामा सम्पन्न भएको छ । जयपृथ्वी नगरपालिका अन्तर्गत विभिन्न २० वटा विद्यालयका शिक्षकहरुको सहभागीतामा भएको दुई दिने कार्यशाला विहिबार सम्पन्न भएको हो ।

समावेशी तथा गुणस्तरिय शिक्षा परियोजना अधिकृत बासु ओझाले विद्यालयमा विद्यालय सुधार योजना (एस.आइ.पि) निर्माण गर्न सहयोग पुग्ने उदेश्यका साथ कार्यशालाको आयोजना गरिएको बताए ।

विद्यालयहरु भरखरै खुलेका र एस.आइ.पि निर्माण गर्न अनुकुल समय भएकाले विद्यालय सुधार योजना (एस.आइ.पि) अध्यावधिक सम्बन्धी दुई दिने कार्यशाला आयोजना गरिएको ओझाको भनाई छ ।

आर्थिक लगानीले मात्र विद्यालय सुधार गर्न नसकिने बताउँदै विद्यालय सुधारका लागी आवश्यक पुर्वाधारका साथै विभिन्न योजना निर्माण गर्नुपर्ने प्रगतिशिल युवासमाजका कार्यकारी निर्देशक लवराज जोशीले बताए ।

अब बन्ने योजनाहरुमा आपतकालीन शिक्षाको योजना, बिपत योजना, स्टिम शिक्षा, ग्रिन स्कुल जस्ता विषयहरु प्रभावकारी बनाउनका लागि योजनामा समेट्न जरुरी रहेको जोशीको भनाई छ ।

उनले भने, ‘योजनाहरुको सफल कार्यान्वयन गर्न र चुस्त दुरुस्त राख्नका लागि सम्पन्न कार्यशालाले थप सहयोग पुर्याउने र विद्यालय तहको शैक्षिक गुणस्तर बृद्दि गर्नका लागि शिक्षकहरुको क्षमता विकास र स्थानीय तहको नीति तथा योजनाहरुमा समेत सहयोग पुर्याउने छ ।’

कार्यशालामा योजना निर्माणमा नीतिगत व्यवस्था, विद्यालय सुधार योजनाका अनुभव र अभ्यास, विद्यालयको लक्ष्य, उद्देश्य, आवश्यकता विष्लेषण, विद्यालय सुधार योजना लगायतका विषयमा छलफल गरिएको छ ।

प्रगतिशील युवासमाजले विद्यालयको सर्वाङीण बिकासमा महत्वपूर्ण भुमिका खेलेको र सोही अनुरुप यस्ता गतिविधि सन्चालन गर्दै आएको प्रगतिशिल युवासमाजका कार्यक्षेत्र अधिकृत शिबराज रोकायाले बताए । आगामी दिनमा शैक्षिक उपलब्धि सुधार गर्न समेत सघाउ पुग्ने उदेश्यले कार्यक्रम सन्चालन गरेको समेत रोकायाको भनाई छ ।

कार्यशालामा सहभागी शिक्षकहरूले आ–आफ्नो विद्यालयको वर्तमान अवस्था, चुनौती र सुधारका उपायहरूबारे समूहगत छलफल गरेका थिए । नगरपालिका शिक्षा शाखा संयोजक निरजप्रसाद रेग्मीले विद्यालय सुधार योजना निर्माणको महत्व, तर्जुमा प्रक्रिया र कार्यान्वयन रणनीतिको सम्बन्धमा सहभागीहरुलाई बताएका थिए ।

रेग्मीले नमुना योजना तयार गरेर सहभागी विद्यालयलाई वितरण गरेको र विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागी आवश्यक क्रियाकलाप समावेश गरी जेठ भित्र आफ्नो विद्यालय सुधारको योजना सम्वन्धीत निकायमा पेस गर्न समेत जानकारी दिएका छन् ।

कार्यक्रमको समापन समारोहमा बोल्दै प्रगतिशिल युवासमाजका अध्यक्ष रमेश केसीले विद्यालय सुधार योजनालाई व्यवहारमा उतार्न शिक्षक, विध्यार्थी र अभिभावकको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए । योजना तर्जुमा तथा कार्यान्वयनमा पारदर्शिता, समावेशिता र गुणस्तरको मापदण्ड पालना गर्नुपर्नेमा अध्यक्ष केसीले जोड दिएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज