Advertisement

प्रधानमन्त्री ओलिले गरेको विकास देखेर विरोधिहरु अँत्तालिए- महेश बस्नेत

Advertisement

काठमाडौं : नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले केपी शर्मा ओली एमालेको नेतृत्वमा आएपछि एमाले र माओवादी केन्द्र एकता गरेर वामपन्थी एकतालाई अघि बढाएको स्पष्ट पारेका छन् । तर, ओलीले विकासको आँधी बेहरी ल्याएको देखेर विरोधीहरु अत्तालिएको पनि उनको टिप्पणी थियो । उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजन गर्नको लागि देशी विदेशी शक्तिमात्रै नभएर आफ्नै पार्टीका नेताहरु पनि लागेको पनि बताए ।

आज (शनिबार)नेपाल निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आफूहरुले नयाँ ढंगले कम्युनिष्ट आन्दोलनलाई उठाउन थालेको र एमालेप्रति आकर्षण बढेको पनि दाबी गरे । उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई कार्यकर्ताहरुले एकीकृत गरेर अघि बढाउने पनि प्रतिबद्धता जनाए ।

उनले भने,‘नेपालको कम्युनिष्ट आन्दोलनलाई हामी बलियो बनाउँछौं । म कमरेड प्रचण्डलाई पनि अनुरोध गर्दछु, नेपालको कम्युनिष्ट आन्दोलनलाई शेरबहादुरको हातमा सत्ताको साँचो सुम्पिएर, शेरबहादुर देउवाको पुच्छर बनेर माधव नेपाललाई समेत विखण्डनको एउटा घिनलाग्दो अवस्थामा पुर्याईदिएर तपाईँहरु क्रान्ति र समाजवादको कुरा गर्ने, यो कुरा आज लोकले पत्याईरहेको छैन् । तपाईले आफ्नो राजनीतिक भविष्यलाई उज्जवल बनाउन चाहनुहुन्छ भने, अब म एक्लिँदै छु, माओवादी केन्द्र विघटित हुँदैछ भनेर तपाईँले भन्नुभएको छ, अब तपाईँहरु सेनाविहीन सेनापतिको उपमा पाउँदै हुनुहुनछ, यो दुःखद् परिस्थिति हुनुभन्दा पहिले आफ्नो गल्ती सच्याए, आफ्ना गल्ती स्विकार गरेर यो कम्युनिष्ट आन्दोलनको नेता बन्ने हो भने फेरि पनि नेकपा एमालेमा आवद्ध हुनुहोस, समय आउँछ पर्खिदैन्, बगेको खोला फर्किँदैन् ।’

उनले आजको दिनसम्म प्रचण्ड र माधव नेपालको मूल्य दश प्रतिशतमात्रै घटेको दाबी गरेका छन् । उनले आफ्नो पार्टीको विरुद्ध महागठबन्धन गर्ने काम गरिएको भन्दै आफूहरु देश बनाउनको लागि एकताबद्ध भएर अघि बढ्ने पनि प्रण गरे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको मुल्य बढ्यो

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको मुल्य बढ्यो

पेट्रोल र डिजेलको भाउ घटेको छ । खाना पकाउने एलपी ग्यासको भाउ बढेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी नयाँ मू...
कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज