Advertisement

तीन दिनभित्र शिक्षकलाई स्कुल फर्काउन सर्वोच्चको सरकारलाई आदेश

Advertisement

काठमाण्डौ- सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्काएर पठनपाठनको वातावरण बनाउन सरकारलाई अन्तरिम आदेश दिएको छ।

न्यायाधीश नहकुल सुवेदीको इजलासले दिएको आदेशमा शिक्षालयमा नियमित पढाइ सुनिश्चित गर्न निर्देशन दिइएको छ। साथै, कक्षा १० (एसईई) को नतिजा समयमै सार्वजनिक गर्न र कक्षा १२ को परीक्षा मिति नसार्न पनि अदालतले स्पष्ट आदेश दिएको छ।

सर्वोच्चले शिक्षक आन्दोलनका कारण एसईईको नतिजा ढिलो हुन नदिन, र कक्षा १२ को परीक्षा समयमा नै गराउन सरकारलाई सचेत गराएको छ। लाखौं विद्यार्थीको भविष्य अन्योलमा नपरोस् भनेर अदालतले यस्ता संवेदनशील परीक्षा कार्यतालिका यथावत राख्न भनेको हो।

बच्चाहरूको शिक्षा नअधिकारबाट वञ्चित नहोस्
इजलासले देशभरका बालबालिकालाई शिक्षाको हकबाट वञ्चित नगर्न र नगराउन चेतावनी दिएको छ। साथै, आदेश जारी भएको मितिले चौथो दिनसम्म आदेशको कार्यान्वयन प्रगतिको प्रतिवेदन पेश गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ।

रिट निवेदकहरूको माग
शिक्षक आन्दोलनका कारण पठनपाठन ठप्प भएको भन्दै अधिवक्ताहरू श्रवणकुमार चौधरी, माधवराज शर्मा पोखरेललगायतले सर्वोच्चमा रिट दायर गरेका थिए। उनीहरूले बालबालिकाको पढाइ, परीक्षा र नतिजा सबै प्रभावित भएको भन्दै अदालतबाट उपयुक्त आदेश माग गरेका थिए।

तीन हप्तादेखिको आन्दोलन, शैक्षिक गतिविधि ठप्प
सामुदायिक विद्यालयका शिक्षकहरू तीन हप्ताभन्दा बढी समयदेखि आन्दोलनरत छन्। जसका कारण विद्यालय भर्ना, कक्षा सञ्चालन, परीक्षा, उत्तरपुस्तिका मूल्याङ्कनजस्ता महत्वपूर्ण शैक्षिक गतिविधिहरू ठप्प भएका छन्।

बालअधिकारको उल्लंघनप्रति चिन्ता
मानव अधिकारको विश्वव्यापी घोषणापत्र तथा बालअधिकार महासन्धीमा उल्लेखित शिक्षा पाउने हक कार्यान्वयन हुन नसकेको भन्दै सर्वोच्चले चिन्ता व्यक्त गरेको छ। नेपाल ती महासन्धीको पक्ष राष्ट्र भए पनि व्यवहारमा कार्यान्वयन चुनौतीपूर्ण देखिएको आदेशमा उल्लेख छ।

सर्वोच्चले बालबालिकाको शिक्षा अवरुद्ध हुनुमा सरकारसहित आन्दोलनरत शिक्षकहरूको पनि नैतिक जिम्मेवारी देखिने उल्लेख गर्दै सबै सरोकारवालालाई गम्भीर बन्न आह्वान गरेको छ।


 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज