Advertisement

बझाङको थलारामा एआइ प्रविधियुक्त एक्स–रेमार्फत क्षयरोग खोजपड्ताल अभियान सञ्चालन

Advertisement

बझाङ- बझाङको थलारा गाउँपालिकामा कृत्रिम बुद्धिमत्ता (एआइ) प्रविधियुक्त एक्स–रे मेसिन प्रयोग गरी क्षयरोग (टीबी) को सक्रिय खोजपड्ताल अभियान सञ्चालन गरिएको छ।
नेपाल सरकारको “क्षयरोग अन्त्य राष्ट्रिय रणनीति” अन्तर्गत थलारा गाउँपालिकामा कृत्रिम बुद्धिमत्ता (एआइ) प्रविधियुक्त एक्स–रे मेसिन प्रयोग गरी क्षयरोग (टीबी) को सक्रिय खोजपड्ताल अभियान सञ्चालन गरिएको हो ।
चैत्र २६ गते वडा नं. २ र ४ मा १ सय ४७ जनाको स्क्रिनिङ गर्दा १६ जनामा क्षयरोगको सम्भावना देखिएको र ती सबैको खकार परीक्षणका लागि नमुना संकलन गरिएको छ।
त्यस्तै, चैत्र २७ गते वडा नं. ३ र ८ मा गरिएको ३३९ जनाको स्क्रिनिङमा १० जनामा क्षयरोगको सम्भावना पाइएपछि उनीहरूलाई थप परीक्षणका लागि सिफारिस गरिएको छ।
अभियानका संयोजक दिलीप ओलीका अनुसार, खोजपड्ताल अभियान चैत्र २९ गतेसम्म पालिकाका अन्य वडाहरूमा पनि निरन्तर जारी रहनेछ।
यही अभियानको निरन्तरतास्वरूप चैत्र ३० गते जयपृथ्वी नगरपालिका–११ स्थित सिद्धमाना र चैत्र ३१ गते कैलाशमा पनि स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक नारायण जोशीले जानकारी दिए।
यसैबीच, जिल्लाको कारागारमा रहेका कैदीबन्दीहरूमा पनि क्षयरोग स्क्रिनिङ गर्ने तयारी गरिएको छ। सोका लागि स्वास्थ्य निर्देशनालय डोटीका क्षयरोग अधिकृत मनोज ओझाले प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य कार्यालय र कारागार प्रशासनसँग समन्वय गरी मिति तय भइसकेको जानकारी दिए ।
स्वास्थ्य कार्यालय बझाङका प्रमुख लालबहादुर धामीका अनुसार, प्रीभ्यालेन्स सर्वेक्षण २०१९ का आधारमा जिल्लामा वार्षिक करिब ४ सय १६ जनामा क्षयरोग देखा पर्ने अनुमान गरिए पनि हालसम्म वार्षिक औसत १ सय ८० जनामात्र पहिचान हुने गरेको तथ्यांक छ।
“उपचारको पहुँचबाहिर रहेका बिरामीहरूको पहिचान गरी समयमै उपचारमा ल्याउन यो अभियानले महत्वपूर्ण भूमिका खेल्नेछ,” प्रमुख धामीले बताए । उनका अनुसार, जिल्लालाई क्षयरोगमुक्त बनाउने लक्ष्यसहित स्वास्थ्य कार्यालय बझाङ निरन्तर क्रियाशील रहेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज