धनगढी- बझाङको दुर्गाथलि गाउँपालिकाले आधारभुत तह कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने ४ जना विद्यार्थीलाई नगद पुरस्कारसहित प्रमाणपत्रले सम्मान गरेको छ ।
गाउँपालिकाले फागुन २३ देखि चैत ३ गतेसम्म सञ्चालन गरेको पालिका स्तरीय आधारभुत तह २०८१, कक्षा ८ को परीक्षामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका विद्यार्थीलाई नगद पुरस्कारसहित प्रमाणपत्रले सम्मान गरेको हो ।
गाउँपालिकाले सोमबार आज एक कार्यक्रमबिच पालिका स्तरीय आधारभुत तह परिक्षामा प्रथम भएका मेखराज खैर लाई नगद १० हजार सहित प्रमाणपत्र, दितीय अस्मित सोती लाई नगद ८ हजार सहित प्रमाणपत्र, तृतीय आशिष दौल्याल लाई नगद ६ हजार सहित प्रमाणपत्र र सान्त्वना भएका प्रदिप खैर लाई नगद ४ हजार सहित प्रमाणपत्रले सम्मान गरिएको पालिकाले जनाएको छ।
पालिकाले शिक्षा क्षेत्रमा विद्यार्थीको लगाव बढाउन, शैक्षिक स्तर सुधार गर्न तथा विद्यार्थीलाई अझ राम्रो अध्ययन गर्न र उत्कृष्टता हासिल गर्न प्रेरित गराउन राम्रो नतिजा प्राप्त गर्ने विद्यार्थीलाई नगद पुरस्कार सहित सम्मान गरिएको गाउँपालिका अध्यक्ष दिल बहादुर थापा (तुफान) ले कामना टुडेसँग बताए ।
उनलेे मेहेनती र क्षमतावान विद्यार्थीलाई पहिचान गरी उनीहरूको क्षमतालाई अझ विकसित गर्न सहयोग पुर्याउने, शिक्षाको महत्वबारे अभिभावक तथा समुदायलाई सचेत पार्ने र विद्यार्थीको उपलब्धिलाई कदर गर्दै आत्मविश्वास बढाउने पालिकाको लक्ष्य रहेको छ,, त्यहीँ अनुसार काम गर्दैछौं । परिक्षा सञ्चालन गर्नु भन्दा पहिलेनै कार्यपालिकाको टिमले राम्रो नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गर्ने भन्ने गरिएको निर्णय अनुसार पालिका अध्यक्ष थापा , उपाध्यक्ष जनक बहादुर दौल्याल, वडाध्यक्षहरू शिक्षा शाखा प्रतिनिधि, अभिभावक लगायतको उपस्थितिमा विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको वडा नम्बर-३ का वडाध्यक्ष रमेश बोहराले जानकारी दिए ।
पालिकाले लिएर आधारित तह कक्षा ८ को परिक्षामा ९ वटा विद्यालयका २ सय ५३ जना विद्यार्थी सहभागी भएका थिए , जसमा २३ जना विद्यार्थी मात्रै उतिर्ण अर्थात् पास भएका छन् ।
पालिकाले विद्यार्थीको शैक्षिक स्तर मूल्यांकन, गुणस्तरीय शिक्षा सुनिश्चित गर्न, आगामी तहको अध्ययनका लागि योग्य विद्यार्थी तयार पार्न, तथा स्थानीय तहमार्फत शिक्षा प्रणालीलाई प्रभावकारी रूपमा सञ्चालन र व्यवस्थापन गर्ने उदेश्य सहित पालिका स्तरीय आधारभुत तह परिक्षा सञ्चालन गरेको जनाइएको छ ।

