Advertisement

धनगढीमा जारी सीप तथा रोजगार मेला सम्पन्न, तालिम लिएकालाई प्रमाणपत्र प्रदान

Advertisement

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकामा जारी सीप तथा रोजगार मेला सम्पन्न भएको छ । धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ को खुला मञ्चमा आयोजना गरेको उक्त मेला शनिबार सम्पन्न गरिएको हो ।
मेलामा सहभागि प्रशिक्षार्थी र प्रशिक्षकहरुलाई प्रमाण–पत्र प्रदान गर्दै मेलाको समापन भएको थियो । कार्यक्रममा प्रमुख अतिथी तथा उपप्रमुख कन्दकला रानाले सीप तथा रोजगार मेलाले गर्दा आफूहरुमा आत्मानिर्भर मात्रै नभई आत्माबल समेत बढेको बताइन् । उनले मेलाले गर्दा उपमहनगरपालिकाको मात्रै नभई सुदूरपश्चिमकै आर्थिक समृद्धि भएको बताइन् ।
अहिले कयौँ युवाहरु विदेश पलायन गरिरहेका बेला मेलाले गर्दा उपमहनगरपालिका प्रति आर्कषण समेत बढेको उनले बताइन् । मेलाले गर्दा उपमहनगरपालिकाको ठूलो महत्वपूर्ण विकास र योजना सफल भएको उनले बताइन् । उनले आग्रामी वर्षहरुमा पनि मेलालाई निरन्तरता दिने बताइन् ।
उपमहानगरपालिकाले फागुन ८ गतेदेखि सञ्चालित विभिन्न आठ वटा विधामा २९ वटा प्रकारका तालिमहरु सुदूरपश्चिमका नौ जिल्लाका ३९ स्थानीय तहका युवाहरुलाई सीप तालिम प्रदान गरेको थियो । तालिममा सहभागी हुनेमा ५ सय ७० जना पुरुष र ४ सय ७० जना महिला छन् ।
तालिका लागि सुदूरपश्चिमका ८८ स्थानीय तहबाट आवेदन दिएका ४ हजार ८ सय ३० जनामध्ये अन्तिम छनौटमा परेका १ हजार ४० जना युवाहरुले सीप सिकेका हुन् ।
छनौट युवाहरुलाई तालिम अवधि भर एक महिना सीप तालिम दिइएको थियो । सीप तथा रोजगार मेलामा मोबाइल तथा सीसीटीभी मर्मत, बिल्डिङ इलेक्ट्रिकल, एसी तथा रेफ्रिजेरेटर मर्मत, अटो क्याड, हार्डवेयर नेटवर्किङ, ग्राफिक्स डिजाइनिङ, डिजिटल मार्केटिङ, पुरोहित तालिम, इसीडी वालविकास शिक्षक, फेसन डिजाइन, एडभान्स टेलरिङ, हेयर कटिङ तथा स्टाइलिङ, नाई (बार्बर), एडभान्स ब्युटिसियन, प्लम्बिङ, वेल्डिङ, इलेक्ट्रिक भेहिकल (ईभी) मर्मत तथा लेखा व्यवस्थापन तालिम सञ्चालन गरिएको थियो । यस्तै सांस्कृतिक पोसाक निर्माण, बेतबाँस क्राफ्ट, टायल तथा मार्बल फिक्स्चर, डकर्मी, मोटरसाइकल तथा स्कुटर मर्मत, रिसेप्सनिष्ट, वेटर, कफी बारिस्टा, हाउस पेन्टिङ, फर्निचर तथा फास्टफुड कुकिङ तालिम सञ्चालन गरिएको थियो । सीप तथा रोजगार मेलाका लागि २ करोड ५० लाख रुपैयाँ खर्च भएको उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज