Advertisement

तुर्माखाँद गाउँपालिकामा ‘सृजनशील किशोरी सञ्जाल’ गठन, किशोरीमैत्री वातावरण निर्माणमा जोड

Advertisement

अछाम: तुर्माखाँद गाउँपालिका र ईको हिमाल नेपाल को सहकार्यमा सञ्चालित लैङ्गिकमैत्री ‘हिमालयन विद्यालय परियोजना’ अन्तर्गत पालिका स्तरीय किशोरी सञ्जाल गठन गरिएको छ। यस सञ्जालले गाउँपालिकाभित्र किशोरीहरूका हकहित प्रवर्द्धन गर्दै उनीहरूको नेतृत्वदायी क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

गाउँपालिकाको उपाध्यक्ष विमला कुमारी शाही को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष डम्बर बहादुर बीसी रहेका थिए। कार्यक्रममा विशेष अतिथिका रूपमा निमित्त प्रमुख प्रशासकीय अधिकृत ऐकेन्द्र बहादुर बयक, कार्यपालिका सदस्य झंकार नेपाली र सुनिता शाही, वडा नं. ४ सदस्य रोशना बी.के., ईको हिमालका कार्यक्रम अधिकृत लक्ष्मी के.सी., तथा ईको हिमाल नेपालका कृषि प्राविधिक बिरेन्द्र चन्द को उपस्थिति थियो। कार्यक्रमको सहजीकरण महिला तथा बालबालिका शाखा तथा सामाजिक परिचालक बसन्ती शाही ले गरेकी थिइन्।

गाउँपालिकाभित्रका १७ विद्यालयबाट १७ किशोरी समूहका प्रतिनिधिहरू सहभागी रहेको कार्यक्रममा किशोरीहरूलाई सशक्त पार्दै उनीहरूको भूमिका प्रभावकारी बनाउन विभिन्न छलफल तथा अन्तरक्रिया गरिएको थियो। यस अवसरमा किशोरीहरूको नेतृत्व क्षमता विकास, उनीहरूका अधिकार र अवसरहरूको सुनिश्चितता तथा सामाजिक सशक्तीकरणका विषयमा विशेष छलफल गरिएको थियो।

पालिका स्तरीय किशोरी सञ्जाल गठन गर्दै गायत्री न्यौपाने लाई अध्यक्ष चयन गरिएको छ। उपाध्यक्षमा जानकी बिष्ट, सचिवमा सुनिता बुढा, सह-सचिवमा जेनिसा नेपाली, कोषाध्यक्षमा जयकला बी.के. तथा अन्य १२ जना सदस्यहरू चयन भएका छन्। यस सञ्जालले किशोरीमैत्री वातावरण निर्माण गर्दै उनीहरूका हक, अधिकार र सुरक्षासँग सम्बन्धित गतिविधिहरू सञ्चालन गर्नेछ। साथै, गाउँपालिका स्तरीय कार्यक्रमहरूको सहजीकरण गर्दै किशोरीहरूलाई आवश्यक सहयोग प्रदान गर्ने तथा लैङ्गिक समानता प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

यस सञ्जालको माध्यमबाट किशोरीहरूले आफूहरूले भोगेका समस्याहरू पहिचान गर्दै समाधानको पहल गर्ने अवसर पाउनेछन्। साथै, आत्मनिर्भरता, नेतृत्व विकास तथा सामाजिक परिवर्तनका अभियानहरूमा किशोरीहरूको सहभागिता बढाउने लक्ष्य रहेको छ। सहभागीहरूका अनुसार, यस प्रकारका सञ्जालहरूले किशोरीहरूलाई आत्मनिर्भर बनाउँदै समग्र समाजको विकासमा योगदान पुर्‍याउनेछन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज