Advertisement

चाैरमा पढ्न बाध्य विद्यार्थीका लागि स्थायी भवनले ल्याएको खुसी”

Advertisement

बझाङ : बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालिका-७ गाेर्खालीमा रहेको गाेर्खाली निम्न माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि चाैरमा बसेर पढ्नुपर्ने कठोर अवस्था अन्त्य भएको छ। भूकम्पका कारण विद्यालयको भवन पूर्ण रूपमा क्षति भएपछि यहाँका करिब २ सयभन्दा बढी विद्यार्थी लामो समयसम्म चौरमा कष्टकर परिस्थितिमा पढ्न बाध्य भएका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्मरबहादुर सिंहले यो समस्याको समाधानका लागि निरन्तर विभिन्न तहका सरकार तथा संघ-संस्थाहरूको ध्यानाकर्षण गराउँदै आउनुभएको थियो। दुर्गम क्षेत्रको यो गम्भीर समस्यामा स्थानीय सरकार, खप्तड छान्ना गाउँपालिका र प्रदेश सरकारले चासो नदेखाएको भन्दै सिंह चिन्तित हुनुहुन्थ्यो। उहाँले समस्या समाधानका लागि विभिन्न राजनीतिक दल, संघ-संस्था र सरोकारवाला निकायहरूबाट सहयोगका लागि पहल गर्नु भयो।

“कोही नहुनेको हामी छौँ” भन्ने भावनासहित अष्ट्रेलियान हिमालयन फाउन्डेसनद्वारा अष्ट्रेलियन सरकारको आर्थिक सहयोगमा रिड नेपालको समन्वयमा विद्यालयका लागि भूकम्प प्रतिरोधात्मक संरचना निर्माण गर्ने सम्झौता भएपछि गाेर्खाली विद्यालयमा राहतको किरण आएको छ।

सहयोग प्राप्त भएपछि विद्यालयमा अस्थायी संरचना निर्माण गरिएको छ। माघ महिनामा ६ कोठे अस्थायी टिनको टहरा निर्माण गरी खानेपानीको सुविधा पनि उपलब्ध गराइएको थियो। नयाँ संरचनाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा अष्ट्रेलियन सरकारका प्रतिनिधि हार्ली, रिड नेपालका कार्यकारी निर्देशक भीमबहादुर बोगटी, पत्रकार महासंघका पूर्व अध्यक्ष ललितबहादुर सिंह, स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक, र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

विद्यालयमा अस्थायी संरचना निर्माण भएपछि पठनपाठन सहज बनेको छ। विद्यार्थी र शिक्षकहरूले लामो समयको कठिनाइबाट राहत पाएको महसुस गरेका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्मरबहादुर सिंहले सहयोगी संस्था रिड नेपाललाई धन्यवाद ज्ञापन गर्दै यो सहकार्यले विद्यालयलाई नयाँ जीवन दिएको बताउनुभयो। साथै, उहाँले रिड नेपालले अन्य स्थानमा पनि यस्तै सहयोग पुर्‍याएकोमा प्रशंसा गर्नुभयो।

यद्यपि अस्थायी संरचनाले तत्कालका लागि राहत दिएको भए पनि स्थानीय बासिन्दा, शिक्षक, र अभिभावकहरूले दीगो समाधानका लागि पक्की भवन निर्माण गर्न संघीय, प्रदेश, र स्थानीय सरकारसँग आग्रह गरेका छन्।

रिड नेपालले करिब १० लाखको लागतमा निर्माण गरेको अस्थायी संरचनाले राहत पुर्‍याएको भए पनि शिक्षाको गुणस्तर सुधार्न र भौतिक पूर्वाधारलाई स्थायित्व दिन दीर्घकालीन योजना आवश्यक रहेको स्थानीयहरूको भनाइ छ।

यसरी, भूकम्पले निम्त्याएको विनाशपछि चौरमा बसेर पढ्न बाध्य विद्यार्थीहरूको जीवनमा नयाँ अध्याय सुरु भएको छ। यो प्रयासले शिक्षाको महत्त्व झल्काउँदै सरकारले पनि अब दुर्गम क्षेत्रका विद्यालयहरूलाई प्राथमिकतामा राख्नुपर्ने स्पष्ट सन्देश दिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज