Advertisement

सुनिपिपलचौर माविमा एसईई तयारीका लागि निःशुल्क ट्युसन कक्षा सञ्चालन

Advertisement

बझाङ : बझाङको जयपृथ्वी नगरपालिका–७ सुवेडास्थित सुनिपिपलचौर माध्यमिक विद्यालयले एसईई तयारी गरिरहेका विद्यार्थीहरूको शैक्षिक स्तर सुधार गर्न बुधबार (भोली) देखि विद्यालयमै निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्ने भएको छ । आर्थिक रूपमा कमजोर विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको यो कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक स्तर सुधार गर्न र उनीहरूको तयारीलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । ट्युसन कक्षामा विषय शिक्षकहरूबाट गणित, विज्ञान र अंग्रेजी विषयको ट्युसन पढाई हुने विध्यालयले जनाएको छ ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धिरेन्द्र बहादुर सिंहले यो कदमलाई विद्यार्थीको भविष्य निर्माणमा एक महत्वपूर्ण प्रयासका रूपमा व्याख्या गरेका छन् । ‘विद्यार्थीलाई बाहिरी ट्युसनको आर्थिक बोझ कम गर्दै उनीहरूको अध्ययनलाई प्रभावकारी बनाउने हाम्रो मुख्य उद्देश्य हो । यसमा अभिभावक र विद्यार्थीहरूको सहयोग देख्दा हामी निकै हर्षित छौँ ।’ उनले भने । विद्यार्थीहरू यो कक्षाबाट निकै लाभान्वित हुने अध्यक्ष सिंहले अपेक्षा गरेका छन् ।
एसईईको तयारी गरिरहेका छात्र प्रकाश जोशीले भने, ‘विद्यालयमै निःशुल्क ट्युसन हुँदा हामीजस्ता आर्थिक रूपमा कमजोर विद्यार्थीलाई धेरै सहज हुनेभएको छ । नत्र हिडेर सदरमुकाम चैनपुर जानुपथ्र्यो । विद्यालयमै निःशुल्क ट्युसन हुँदा घरमै खाना खाएर पढ्न पाइने भएको छ । यसमा हामी खुसी छौ । यसले हामीलाई थप मेहनत गर्न प्रेरित गरेको छ ।’
यसैगरी, अभिभावकहरूले विद्यालयको यो प्रयासलाई अत्यन्त सराहनीय मानेका छन् । स्थानीय अभिभावक सत्यराज काेइरालाले भने, ‘विद्यालयले यस्तो कार्यक्रम सुरु गरेर हाम्रो छोराछोरीको शैक्षिक स्तर सुधार्न ठूलो योगदान दिएको छ । बाहिर ट्युसन पठाउन नसक्ने अभिभावकहरूका लागि यो निकै राहतको कुरा हो ।’
शिक्षकहरूले विद्यार्थीलाई एसईई परीक्षाको तयारीमा सहजीकरण गर्न कक्षालाई व्यवस्थित र परिणाममुखी बनाएका छन् । शिक्षक खत्रीले भने,‘विद्यार्थीहरूको आवश्यकता र कठिनाइलाई ध्यानमा राखेर पाठ्यक्रम तयार गरेका छौँ । उनीहरूको आत्मविश्वास र क्षमता अभिवृद्धिका लागि हामी सक्दो प्रयास गरिरहेका छौँ ।’ निःशुल्क ट्युसन कक्षाको यो पहलले विद्यार्थी, अभिभावक र शिक्षकमाझ सकारात्मक प्रभाव पारेको छ । यो कार्यक्रमले विद्यार्थीको शैक्षिक प्रगतिमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ । यो कार्यक्रम अन्य विद्यालयहरूका लागि पनि प्रेरणाको स्रोत बन्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना ले नगर बाल सञ्जालका प्रतिनिधिहरूसँग बालबालिका तथा युवाहरूक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज