बझाङ : राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ एथलेटिक्स प्रशिक्षक पशिक्षण तथा रेफ्रि तालिम सम्पन्न भएको छ ।
एक कार्यक्रमका विच जिल्ला खेलकुद विकास समितिका अध्यक्ष – पुष्पलाल राेकाया ज्वालाकाे अध्यक्षतामा समापन सुरु भएकाे कार्यक्रमका प्रमुख अतिथि – जिल्ला समन्वय समिति उपप्रमुख किष्ण बिष्ट रहनु भएको थियाे ।
यहीँ १४ गते देखि सञ्चालन भएको रेफ्रि तालिम २० गते सम्पन्न भएको हाे । तालिममा विभिन्न स्थानीय तहका र विभिन्न विद्यालयका ५३ जनाकाे सहभागीता रहेको थियाे ।

सात दिन सम्म सञ्चालन भएको तालिममा अन्तरास्ट्रिय स्तरका प्रशिक्षक धनिराम चाैधरी र सुदुरपश्चिम प्रदेशका एथलेटिक्स प्रशिक्षक रामचन्द्र जाेशीले प्रशिक्षण जिल्ला समन्वय समिति सभाहलमा दिनु भएको हाे ।
जिल्ला खेलकुद विकास समितिकाे आयाेजनामा सञ्चालित ताललिमले आगामी दिनमा स्थानीय तह र जिल्ला स्तरमा हुने खेलकुदका कार्यक्रममा प्रशिक्षक रेफ्रि रहने बताएको छ । तालिम प्राप्त रेफ्रि भएको ठाउँमा अरुले काम गर्न नमिल्ने खेलकुद जिल्ला अध्यक्ष पुष्पलाल राेकायाकाे भनाइ रहेकाे थियाे । जिल्लामा रहेको खेलकुद लाई अगाडि बढाउन सबैकाे भुमिका उत्तिकै हुनुपर्नेमा जाेड दिनु भएको छ ।

