प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी
बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश्चिम प्रदेश, बझाङ जिल्ला, दुर्गाथली गाउँपालिका–४ का जनेश्वर जोशी नेपाली जनसम्पर्क समिति भारतको १०औँ केन्द्रीय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ।
विगत धेरै वर्षदेखि भारतको बेङ्लोरमा बसोबास गर्दै आउनुभएका जोशी प्रवासी नेपालीहरूको हक, हित र अधिकारका लागि अग्रपङ्क्तिमा रहेर काम गर्ने सक्रिय व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। उहाँले सामाजिक एकता, संगठन सुदृढीकरण, मानवीय सेवाका अभियान तथा नेपाली समुदायलाई एकसूत्रमा बाँध्ने कार्यमा निरन्तर योगदान दिँदै आउनुभएको छ।
राजनीतिक र सामाजिक सक्रियतासँगै जोशी वैदिक पण्डित तथा ज्योतिषका रूपमा पनि लोकप्रिय हुनुहुन्छ। धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक सेवामार्फत हजारौँ नेपाली परिवारसँग प्रत्यक्ष सम्बन्ध ...


